प्रदेश नं. १प्रदेश नं. २प्रदेश नं. ३प्रदेश नं. ४प्रदेश नं. ५प्रदेश नं. ६प्रदेश नं. ७प्रदेश समाचारविज्ञान/प्रविधिसमाज

एसईई परीक्षा प्रभावित हुने,

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ ।

परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेल लाई पत्र पठाएको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेले परीक्षामा व्यवधान आउने भएपछि मन्त्री समक्ष पत्राचार गरेको जानकारी गराउनुभयो ।

बोर्डले गएको सोमबार बोर्डका अध्यक्ष एवं मन्त्रीलाई पत्र पठाएको हो । बोर्ड अन्तर्गत काठमाडौं, पोखरा, विराटनगर, कोहलपुर, सुर्खेत, लाहानका कार्यालय प्रमुख संघ अन्तर्गत विभिन्न निकायमा समायोजन भएका छन् । अधिकांस समायोजनमा परेका शिक्षा मन्त्रालयका उपसचिव हुन् ।

त्यस्तै जनकपुर, हेटौडा, र धनगढी कार्यालयका प्रमुख प्रदेशमा, बुटवल, दाङ र डडेल्धुरा कार्यालयका प्रमुख स्थानीय तहमा समायोजनमा परेका छन् । यो समाचार आजको नेपाल समाचार पत्रमा छ ।

त्यस्तै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका ५ उपसचिव मध्य एक जना संघ र ४ जना स्थानीय तहमा समायोजन भएका छन् । समायोजन भएका ती कर्मचारीलाई सरकारले हालसम्म समायोजनको पत्र पठाएको छैन । पत्र नपठाएपनि सबै कर्मचारी खटाएको कार्यालयमा जाने मनस्थिति बनाइसकेका छन् । सामायोजनमा परेका कर्मचारी गएपछि अधिकांस कार्यालय प्रमुख विहीन हुने भएका छन् ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *