loading...

आचारसंहिता बिपरित काम गर्नेलाई संरक्षण हुँदैन : आचार्य

loading...

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पत्रकारिता समाजको सम्पत्ती भएको बताएका छन् । उनले देश र जनताको हितमा काम गर्ने पत्रकारिता क्षेत्र समाजको सम्पत्ती भएको बताए . प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको संयोजनमा शनीबार सल्यान सदरम’काम खलंगामा भएको पत्रकार आचारसंहिता जागरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनने राष्ट्र, समाज र नागरिकको हित बिपरित काम गर्ने ब्यक्तिलाई पत्रकार भन्न नसकिने बताए .उनले भने प्रेस स्वतन्त्रतामा सूचना पाउने र लिने दुवै अधिकार रहेको छ, यस पेशालाई बिषेश अधिकार समेत प्रदान गरिएको छ । उनले पत्रकाहरुले स्वतन्त्र भएर सत्यतथ्य, निष्पक्ष, खोजमुलक सामाग्री प्रशारण तथा प्रकाशन आग्रह गरे ।

अध्यक्ष आचार्यले पत्रकार आचारसंहिता बिपरित काम गर्नेलाई संरक्षण गर्न नसकिने बताए । उनले भने अहिले सामाजिक सञ्जामा बिकृति बढ्दै गएको छ, जसमा भ्रमपूर्ण, पुष्टि नभएका सूचना पनि संम्प्रेशन भएका हुन्छन्, तर ती सूचनालाई आधार मान्ने, सत्यतथ्यमा आधारित नभएर पत्रकार आचारसंहिता बिपरित काम गर्ने जो कोही पत्रकारलाई पनि पत्रकार महासंघ र प्रेस काउन्सिलले संरक्षण गर्दैन । निरन्तर ३० बर्ष पत्रकारिता गरेका र ६० बर्ष उमेर पुगेका पत्रकारहरुलाई मासिक रुपमा भत्ता उपलब्ध गराउने कार्यलाई अगाडी बढाईएको उनले बताए । अध्यक्ष अचार्यले प्रेस स्वतन्त्रता माथी अंकुश लगाउने गरी संसदमा दर्ता भएको बिधेयक संशोधनको तयारीमा रहेको बताए ।

उनले पत्रकार महासंघ समृद्धिको लागी सञ्चार, गुणात्मक र सुरक्षित पत्रकार अभियानका साथ अगाडी बढेको बताए . कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले अबको पत्रकारिता खोजमूलक र अनुसन्धानमूलक हुनुपर्ने बताए । उनले समाजमा लुकेर रहेको आवाजहरुको आवाजको रुपमा काम गर्नुपर्ने बताए । यस्तै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले पत्रकार आचारसंहिताको पालना गरेर पत्रकारिता गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछाने, जिल्ला हुलाक अधिकृत बिरेन्द्र भण्डारी लगाएतकाले आ–आफ्नो बिचार राखेका थिए । rajdhanidaily

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *