loading...

सुदूरपश्चिमेलि नेपाली समाजले सुदूरपश्चिमका पहाडी जिल्लामा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने

loading...

मकरराज धामी फागुन १९ – सुदूरपश्चिमेलि नेपाली समाजले सुदुरपश्चिम प्रदेशका पहाडि जिल्लामा स्वास्थ्य शिबिरको आयोजना गर्ने भएको छ । देश बाहिर विश्वका बिभिन्न देशमा छरियर रहेका सुदुरपश्चिमेली नेपालीहरु र सुदुर पश्चिमेली नेपाली समाजको छाता संगठन सुदुरपश्चिमेली नेपाली समाज अन्तरास्ट्रीय समितिको विशेष सहयोगमा पाठेघर खस्ने रोगका लागी निशुल्क स्वास्थ्य जाँच शिबिरको आयोजना गर्ने समितिले जनाएको छ । सुदुरपश्चिमका विभिन्न जिल्लाका महिलाहरुमा पाठेघर खस्ने समस्या भएको र सो समस्या लाइ मध्यनजर गर्दै प्रबासी युबाहरुको सक्रियतामा स्वास्थ्य शिबिरको आयोजना गर्न लागीएको सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय अध्यक्ष समसेर मल्ल (समिर) ले बताए ।
उक्त निशुल्क स्वास्थ्य शिबिर फागुन २६ र २७ गते डोटीको शिखर नगरपालिका, फागुन २९ र ३० बाजुराको बुढीगंगा नगरपालिका, चैत २ गते डडेलधुराको भागेशवर गाउँपालिका र चैत ३ गते अजयमेरु गाउँपालिकामा शिबिरको आयोजना हुने उहाँको भनाई छ । मायामेट्रो हस्पिटल प्रा.लि को प्राबिधिक सहयोग तथा सुदुरपश्चिमेली नेपाली समाजको आयोजनामा हुने सो कार्यक्रमको सबै तयारी पुरा भईसकेको छ । मायामेट्रो हस्पिटल प्रा.लिका बरिष्ठ गाइनोलिजिस्ट सहितको शिविर स्थलमा जाने तयारीमा छन । सुदुरपश्चिमेली नेपाली समाज (भारत ,मलेसिया ,मकाउ ,कतार ,युएइ ,बहराइन, कुबेत, इजरायल ,जापान ,कोरिया ,अस्ट्रेलिया ,डेनमार्क ,अमेरिका ,क्यानाडा ,अफ्रीका ) को संयुक्त प्रयासमा शिविर हुन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *