प्रदेश नं. ३समाज

साैतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ,

धादिङ- सौतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । पटक पटक बलात्कार गर्ने र घटना सार्वजनिक गरेमा मारिदिने धम्की दिएका कारण घटना बाहिर आउन नसकेको प्रहरीले जनाएको छ ।

बेनिघाट रोराङ गाउँपालिका –४ का ४५ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई लामो समयसम्म बलात्कार गर्दै आएको र पछिल्लो पटक पीडितकी आमाले आफ्नै श्रीमानले छोरीलाई बाँसको झ्याङमा लगेर बलात्कार गरेको घटना देखेपछि प्रहरीमा उजुरी गरेको बताइएकाे छ । आफूले विवाह गरेर ल्याएकी पत्नीको पहिलो श्रीमानपट्टिकी छोरीलाई बलात्कार गरेको घटना आफैले देखेको पीडितकी आमाले बताउनुभयाे ।

जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी परेपछि त्यसैको आधारमा पक्राउ परेका आरोपितलाई जबरजस्ती करणी मुद्दा र हाडनाता करणी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरीले बताएकोे छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *