प्रदेश नं. ७विज्ञान/प्रविधि

प्रविधिमा अगाडी मष्टा गााउपालिका अब गाँउपालिकाको सबै गतिविधि मोवाईल एप्समा

मकरराज धामी फागुन २३ बझाङ – बझाङको मष्टा गाउँपालिकाले सर्वसाधारण व्यक्तिले घरमै बसेर थाहा पाउन सक्ने गरि सुचना प्रविधिको विकास गरेको छ । अहिलेको युग प्रविधिको युग भएकोले अब जनताले गाउँपालिकाले गर्ने हरेक गतिविधि घरबाटै जानकारी लिन सक्ने वातावरण सिर्जना गरेको गाँउपालिका अध्यक्ष कर्ण बहादुर कठायतले बताए । गाउँपालिकाले गरेका सार्वजनिक गतिविधिका साथै बजेट र कार्यपालिकाले गरेका सार्वजनिक निर्णय, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका गाँउपालिकाका हरेक गतिविधि बारे मोवाईल एप्स बाट घरमै बसेर जानकारी लिन सक्ने उहाँको भनाई छ । साहारा नेपालको सुशासन परियोजनाको आर्थिक सहयोग तथा मष्टा गाउँपालिकाको सहकार्यमा करिब ११ लाखको लागतमा सूचना प्रविधि केन्द्रको स्थापना भएको हो । सूचना प्रविधि केन्द्रबाट पनि सबै कुराको जानकारी लिन सकिने र एन्ड्रोईड मोबाइल प्रयोग गर्ने सर्वसाधारण व्यक्तिले समेत गाउँपालिकाको एप्स डाउनलोड गरेर इन्टरनेट नभए पनि गाउँपालिकाका गतिविधिबारे जानकारी लिन सक्ने बताए ।
गाउँपालिकाले गरेका सबै गतिविधिका बारेमा जानकारी दिन अडियो ब्रोड्कास्टिङ सिस्टम समेत भएकाले अशिक्षित व्यक्तिहरुका लागी पनि यो प्रविधि सहज र प्रभावकारी हुने देखिएको छ । सुचना प्रविधिको विकास संग संगै सहज सुचनाका प्रवाहका लागी यस प्रविधिले आफूहरूलाई ठूलो राहत पु¥याएको स्थानीय खडकाले बताए । यो प्रविधिको सुरुवात संग संगै अब गाँउपालिकाले के के ग¥यो भनेर सोधिरहनु नपर्ने र जिल्ला भित्र तथा बाहिर जहाँ भए पनि तुरुन्तै जानकारी लिन सकिने भएकाले यो समयानुकुल भएको उनको भनाई छ । आफुले चाहेको जानकारी सहजै उपलब्ध हुने भएका कारण आफूलाई खुसी लागेको खडकाले बताए ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *