जीवनशैली/स्वास्थ्यसमाज

दिवाखाजाले बढायो विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति

मकरराज धामी फागुन २३ बझाङ – बझाङका १२ वटा स्थानिय तहका २ सय ९५ आधारभुत विद्यालयमा दिवाखाजाको कार्यक्रम संचालन भएको छ । दिवा खाजा कार्यक्रम लागू भए पछि विद्यालयमा विद्यार्थी नियमित आउन थालेका छन भने हाफ छुट्टीको समयमा घर जाने विध्यार्थीको संख्या पनि कम हुदै गएको छ । दिवा खाजा अन्र्तगत विद्यालयले दिउँसोको समयमा दालभात खुवाउदै आएका छन । बुङगल नगरपालिका वडा नं १ सतिवनकि धनसरा बोहरा गाँउ नजिकैको पार्वति आधारभुत विद्यालयमा कक्षामा ४ मा पढछिन । उनलाई आजकाल विद्यालय जान भने पछि खुसी लाग्छ । उनले दिउँसोको समयमा भोक लाग्दा दालभात खान पाइने भएपछि स्कुल छोड्न मन लाग्दैन । उनी भन्छीन दिवाखाजाले सधै स्कुल आउन मन लाग्नुका साथै पढाएको कुरामा पनि ध्यान जान्छ । सरहरुले पढाएको कुरा पनि राम्ररी बुझिन्छ । विहान सबेरै खाना खाएर स्कुल आउने गरेको र हाप टाईम पछि भोक लागेर पढाईमा मन जादैनथ्यो तर दिवाखाजा पछि आफुलाई सहज भएको उनको भनाई छ ।

दिवा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीको उपस्थिति पहिलेको भन्दा निकै बढेको सोहि विद्यालयका प्रधानाध्यापक हर्क बहादुर बोहराले बताए । दिवाखाजा लागु हुनु भन्दा पहिले हप्तामा मुस्किलले दुई तीन दिन उपस्थित हुने विध्यार्थी आजकाल नियमित आउन थालेका छन । अधिकांश बालबालिका विद्यालय आउदा खाजा बोकेर नआउने र दिउँसो भोक लाग्दा स्कुल छोडेर घर जाने गरेका थिए । दिवा खाजा कार्यक्रमले उनीहरूलाई विद्यालयमै पूरै समय बस्न सजिलो बनाएको उनको भनाई छ ।
सिकाइ उपलब्धि दर बढेको र बालबालिकाको पोषण अवस्थामा पनि सुधार आउन थालेको पाइएको छ । विद्यार्थी नियमित उपस्थित र पुरै समय कक्षामा बस्दा पठनपाठनमा समेत सहज भएको जनचेतना आधारभूत विद्यालय सिङेचुलाका प्रधानाध्यापक विर बहादुर गुर्धामीको भनाई छ । दिवाखाजाको कार्यक्रम सुरु हुनु अगाडी विध्यार्थी कक्षामा नबस्ने भोक लागेको समय विचमै विध्यालय छोडेर जाने गरेका थिए । तर आजकाल विध्यार्थीको उपस्थिति नियमित हुँदा खुसी लागेको उनको भनाई छ । हाम्रो गाँउघरको समस्या भनेको अभिभावक विहान सबेरै उठेर खाना पकाएर मेलापात गर्न जान्छन । सोहि समयमा विध्यार्थीले खाएको हुन्छ । दिउँेसो भोक लागे पछि कक्षा छोडेर जाने गरेका थिए । तर अब यो समस्या नरहेको उनको भनाई छ ।

विगतका बर्षहरुको तुलनामा दिवाखाजा कार्यक्तम सुरु भए पछि विद्यार्थीको नियमितता बढेको छ । विद्यालयमा दालभात खुवाउन थालेपछि विद्यार्थीको उपस्थिती ९५ प्रतिशत भन्दा बढी भएको लक्ष्मी आधारभुत विद्यालयका प्रधानाध्यापक पदमराज जोशीले बताए । हप्तामा मुस्किलले दुई चार दिन हाजिर हुने विध्यार्थी आजकाल नियमित विद्यालयमा उपस्थित हुने गरेका छन । पहिले दिवाखाजाको रुपमा लिटो दिईन्थ्यो गत वर्ष देखि दिवाखाजाको रुपमा दालभात दिने गरिएको छ । उनले भने विद्यालयमा दालभात खुवाइन थालेपछि विद्यालय छोडेर बालबालिका कतै जाँदैनन् विद्यालयको छुट्टी भएपछि मात्रै विद्यार्थीहरु घर जान्छन ्।
जिल्लाका २ सय ९५ ओटा आधारभूत विद्यालयमा विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत दालभात खुवाइने गरेको शिक्षाका लागि खाद्य कार्यक्रमका इकाइ प्रमुख पंकज सुवेदीले बताए । उनले भने, सरकारले विश्व खाद्य कार्यक्रमको सहयोगमा आधारभूत विद्यालयमा दिवाखाजा कार्यक्रमको व्यवस्था गरेको छ । दिवा खाजा पछि विध्यार्थीको उपस्थिति बढे संगै उनीहरुको पोषणको क्षेत्रमा पनि सुधार भएको उनको भनाई छ । अहिले पहिलेको तुलनामा विध्यार्थीहरु ध्इान दिएर पढनुका साथै हरेक क्रियाकलापमा अग्रसर हुने गरेका छन । विगतका बर्षहरुको तुलनामा पछिल्ला केहि बर्ष विद्यालय छोडने दर पनि घटेको उनको भनाई छ ।

 
शिक्षाका लागी खाद्य कार्यक्रम लागु भएका बझाङ जिल्लाका सवै आधारभुत विद्यालयहरुमा अहिले विद्यालय र त्यहाँ पढ्ने बालबालीकाहरुको सरसफाईमा पनि सुधार देखीएको छ । विद्यालमा खानेपानीको व्यवस्था, चर्पीहरु र्निमाण साथै फोहर फाल्ने खाल्डा र्निमाण र विद्यार्थी शिक्षकहरुको व्यक्तिगत सरसफाई हुदाँ अन्य विद्यालय भन्दा नमुना जस्तै देखीन्छ । विश्व खाद्य कार्यक्रम अन्तरगत जिल्लाका २० वटा विद्यालयमा विश्व खाद्यकै सहयोगमा आईडिएस नेपाल नामक संस्थाले विद्यालय सरसफाई कार्यक्रम लागु गरेपछि विद्यार्थी र विद्यालयको सरसफाईमा सुधार भएको हो । विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेका जिल्लाका २० विद्यालयमा टीपी धारा पनि निर्माण गरिएको छ । दिवा खाजा कार्यक्रम सञ्चालन भएका विद्यालयमा विद्यार्थीलाई खाजासँगै पानीको अभाव हुन नदिन र सरसफाईमा ध्यान लिउन भनेर धारा निर्माण गरिएको आइडीएसका सरसफाई अधिकृत रमाननद जोशीले बताए । खानाले मात्र पुग्दैन खाना संग संगै सरसफाईको पनि महत्व उत्तिकै भएकाले पानीको अभाव रहेका विद्यालयमा धारा निमार्ण गरिएको उनको भनाई छ ।

 

 

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *