जीवनशैली/स्वास्थ्यप्रदेश नं. ७समाज

बुङ्गल नगरपालीकामा दुई दिने नि.शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

सुरेश धामी फागुन २३ बझाङ – बझाङको बुङ्गल नगरपालीकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भयको छ । पहाडी जिल्लाका ग्रामिण भेगका तथा स्वास्थ्य सेवाको सजिलै पहँच नभएका ठाँउलाई लक्षित गर्दै भोली र पर्सी सरस्वति मा.वि विजगडामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र बुङ्गल नगरपालीकाको व्यबस्थापन तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुर र हिमाल डेन्टल हस्पिटल धनगढीको प्राबिधिक सहयोगमा दुई दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चाल हुने भयको हो । २४ र २५ गते सम्म संचालन हुने उक्त शिविरमा स्त्रीरोग सम्बन्धि समस्यामा पाठेघर तथा तल्लो पेट दुख्ने समस्या, जनरल मेडिकल स्वस्थ्य सम्बन्धि समस्या, दन्त रोग दाँत, गिजा, मुख सम्बन्धी समस्या, गर्भवति महिला लाई अल्ट्रासाउन्ड, लामो अवधिको परिवार निवजन सेवा, ईम्प्पलान्ट र आई यू सि डि सेवा, योग शिविर तथा स्वास्थ्य शिक्षा पोशण प्रदर्शनी का साथै जनचेतना मुलक कार्यक्रम समेत गरिने भयको छ । आर्थिक अभावका कारण ग्रामिण भेगका मानिसहरु रोग पालेर बस्ने र आफ्नो समस्या बारे खुलेर नआउने हुनाले सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले शिविर आयोजना गरिएको सुदुरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनु भयो । शिविरका लागी आवश्यक जनशक्ति र सामाग्री सहितको विशेषज्ञरहरुको टोली आज विजगडा पुग्ने भएको छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *