खेलकुदप्रदेश नं. ७

बझाङमा जारी प्रदेश स्तरीय महिला भलिबल खेल हिजोदेखि सुरु,

सत्यराज सिहँ बझाङ ,सुदुरपश्चिम खेलकुद परिषदको आयोजनामा बझाङको सदरमुकाम चैनपुरमा हिजोदेखि सुरु भएको महिला भलिबल खेलमा प्रत्यक जिल्लाबाट एक–एक ओटा टिम सहभागी भएका छन् । नौओटा जिल्लाको ९टिमले हिजो खेलेको लिग चरणको खेलमा ३ ओटाले जितेका छन् भने ३ ओटा पराजित भएका छन् ।
बझाङसँग खेलेको कन्चनपुरले बझाङलाई हराएको छ । दाचुलासँग खेलेको डडेलधुराले पनि हारेको छ । कैलालि सँग खेलेको बाजुरा पनि पराजित भएको छ । आज बिहान ८ ः०० बजे डोटी र कन्चनपुर बिच खेल हुने भएको छ । खेलमा सुदुरपश्चिमका ९ जिल्ला सहभागी भएका छन् । खेल फागुन २६ गतेसम्म संचालन हुनेछ ।
यसपटकको प्रदेश स्तरीय खेलमा प्रथम, दितृय र तृतिय खेलाडीहरु छनोट गरिनेछ भने सिंगो सुदुरपश्चिमकालागी एउटा उत्कृष्ट महिला भलिबल खेल टिम छनोट गरिने बताइएको छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *