loading...

पत्रकार ऋषि धमला चढेको कार दुर्घटना,

loading...

काठमाडौं : रिपोर्टर्स क्लब नेपाल र प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा पत्रकार ऋषि धमला चढेको कार दुर्घटनामा परेको छ।   रानीबारीस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा  उनकाे कार लैनचौरमा दुर्घटनामा परेकाे हाे।  आइतबार बिहान करिब पौने ६ बजे विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई धमलाको कारमा ठोक्किएको हो।    दुर्घटनामा मोटरसाइकलमा सवार तीनजना र कारचालक घाइते भएका छन्। कारचालक नारायण गौतमको हातमा चोट लागेको छ भने मोटरसाइकलमा सवार तीनैजनाको खुट्टामा चोट लागेको छ। पत्रकार धमलाको अवस्था सामान्य रहेको पत्रकार प्रेम थापाले जानकारी दिए। दुर्घटनामा परेको मोटरसाइकलमा क्षति पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *