खेलकुदप्रदेश नं. ७समाज

क्षेत्रीय महिला भलिबल प्रतियोगिता सम्पन्न,, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट कन्चनपुर छनौट ,

सत्यराज सिहँ बझाङ, सुदूरपश्चिम प्रदेश स्तरीय क्षेत्रीय महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत २३ गते उद्घाटन गरिएको प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको निर्धारित समय भन्दा पर धकिलिएको छ । फागुन २३ गते उद्घाटन गरि फागुन २६ गते नै सम्पन्न गर्ने निर्धारित कार्यतालिका रहेपनि फागुन २३ गते खेल ढिला सञ्चालन गरिएको थियो जसका कारण खेल एक दिन धकेलिएको हो ।
बझाङमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेश स्तरीय खेलकुद प्रतियोगिताबाट आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कन्चनपुर छनौट भएको छ । सुरु देखि नै सबै सेटहरु लगातार आफ्नो कब्जामा लिदै सनसनीपूर्ण जीत दर्ता गराएको कन्चनपुरले सुरुका दुबै सेटहरु बैतडिले आफ्नो कब्जामा लिएको थियो भने त्यस पश्चात्का सेटहरुमा लगातार तीनै सेट आफ्नो कब्जामा पार्दै कन्चनपुर सुदूरपश्चिमबाट राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको हो । चिरप्रतिद्धन्द्धी टीम बैतडिलाई पाखा लगाउदै कन्चनपुर प्रथम भएको हो ।
सुदूरपश्चिमका नौ ओटै जिल्लाको सहभागिता रहेको उक्त प्रतियोगितामा बैतडि द्धित्तिय भएको छ, भने दार्चुला तृत्तीय भएको छ । घरेलु मैदानमा बझाङले भने सुरुवातीमै खराब प्रदर्शन गरेको थियो । बझाङमा आयोजना गरिएको प्रदेश स्तरीय प्रतियोगिता हेर्ने दर्शकहरुको ठुलो भीड देखिएको थियो । सुरुका दिन समेत प्रतियोगिता हेर्नेहरुको ठुलो संख्या देखिएकोमा प्रतियोगिता फाईनल खेलमा अन्य दिनहरुको तुलनामा झन बढी दर्शकहरुको सहभागिता देखिएको थियो ।
बझाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकास ब. सिहंको अध्यक्षतामा भएको समापन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका उपप्रमुख जुना जाग्री प्रमुख अतिथि रहनु भएको थियो । नौ ओटै जिल्लाका खेलकुद विकास समिति प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *