प्रदेश नं. ७समाज

ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्त पक्राउ,

सत्यराज सिहँ  बझाङ, ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०५२ भदौ १९गते फरार रहेका ज्यान मुद्दा दर्ता भएका बझाङको मष्टा गाउँपालिका –३ स्थायी घर भएका ४९ वर्षीय ऐन बहादुर खड्का त्यसैगरी ज्यान मुद्दा दर्ता भई फरार भएका मष्टा गाउपालिका –३ घर भएका ६४ वर्षीय सिद्दु खड्कालाई जिल्ला प्रहरी कार्यालय बझाङको विशेष टोलीले २०७५फागुन २३ गतेका साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नायब उपरीक्षक प्रविण धितालले बताए ।अभियुक्त खड्कालाई २०५२ भदौ १९ गते सबोच्च अदालतबाट ज्यान मुद्दा गरेको अभियोगमा दुई वर्ष कैद र ५ सय रुपैयाँ जरिवाना फैसला भएको थियो । विसं २०४६ बैसाख २ गते मष्टा गाउँपालिका मिन ब. थापालाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई खड्का फरार भएका थिए ।
नायब उपरीक्षक धितालका अनुसार पक्राउ परेका दुबै जनालाई ज्यान मार्ने  मुद्धा दर्ता भएका खड्कालार्ई कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए । पछिल्लो समय बझाङ जिल्लामा प्रहरीको सक्रियतासँगै विभिन्न विषयमा मुद्धा दर्ता भएका र जिल्ला अदालतबाट मुद्धा फैसला सुनाएका फरार अभियुक्तलाइ प्रहरीले व्यापक खोजीसँगै पक्राउ गरेको छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *