loading...

जिपहरुले मनोमानी भाडा लिएको गुनासो ,प्रमुख जिल्ला अधिकारीको टोलीद्धारा छडके अनुगमन

loading...

सत्यराज सिहँ बझाङ, जिल्लामा चल्ने जिपहरुले मनोमानी भाडा लिने गरेको ब्यापक जनगुनासो आए पछि आज प्रमुख जिल्ला अधिकारी सुरेस सुनारको नेतृत्वको एक टोलीले छड्के अनुगमन गरेको छ । टोलीले जयपृथ्बी राजमार्गको तमैलमा खप्तड छान्ना जाने जिपहरु र राजमार्गमा चल्ने यातायातका साधनहरुको अनुगमन गरेको हो ।
जिल्लामा सञ्चालन हुने यातायातका साधनहरुले मनोमानी भाडा उठाएर यात्रुहरु लाई ठग्ने गरेको भन्ने ब्यापक जनगुनासो आएपछि छड्के अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेस सुनार सहित पत्रकारहरुको टोलीले अनुगमन गरि यात्रुहरुलाई तोकिएको भाडा तिर्न सुझाव दिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले यदी जिपहरुले मनोमानी भाडा लिएको भए जिल्ला प्रहरीको १००मा फोन गरि गाडी नम्बर टिपाउन आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो सर्वदलिय सर्बपक्षिय बैठकले तोकेको भाडा भन्दा बढी लिने जिपलाई कडा कारबाही गरिने बताउनु भयो । टोलीमा प्रहरी नायब उपरिक्षक प्रबिण धिताल , अनुसन्धान अधिकृत , डिभिजन बन कार्यालय प्रमुख लगायत पत्रकारहरु समेत रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *