प्रदेश नं. ७समाज

एसईईमा बझाङबाट ४ हजार २ सय ५० जना विद्यार्थी सहभागी हुने ,

सत्यराज सिहँ बझाङ – बझाङमा एसईई परीक्षाको तयारी तीब्र पारिएको छ । परीक्षाका लागि जिल्लामा सबै सामग्रीहरु आएर पनि सबै परीक्षा केन्द्रमा सामग्री पु¥याइसकेको शिक्षा विकास तथा समन्वय इकाइ बझाङले जनाएको छ । जसमा ४१ सय ३१ जना विद्यार्थी नियमित तर्फका २७ जना इक्जामटेड तर्फका छन् । प्राविधीक धार तर्फ ९२ जना गरि यस बर्षको एसईई परीक्षामा बझाङबाट ४ हजार २ सय ५० जना विद्यार्थी सहभागी हुने छन ।
आगामी चैत्र १० गतेबाट सञ्चालन हुने परीक्षाका लागि बझाङमा १९वटा परीक्षा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय इकाइ बझाङका प्राविधीक सहायक बसन्त सिहँले जानकारी दिनु भयो । जिल्लाका ७९ वटा विद्यालयका ४ हजार बढी विद्यार्थी सहभागी हुने यस बर्षको एसईई परीक्षाका लागि जिल्लामा सबै परीक्षा सामग्रीहरु आएर पनि सबै परीक्षा केन्द्रमा पु¥याइसकेकोे सिहँले जानकारी दिनु भयो ।
कर्मचारी समायोजनले परीक्षा प्रभावित नहुने पनि उहाँको भनाइ छ । परीक्षा केन्द्र तोकिएका विद्यालयहरुले पनि परीक्षाका लागि तयारी सम्पन्न गरिसकेको जनाएका छन । परीक्षा केन्द्र तोकिएको सत्यवादी उ.मा.विका प्रधानाध्यापक रामदत्त उपाध्याले २ सय २४ विद्यार्थीहरु र विद्यालयलाई परीक्षाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनु भयो ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *