प्रदेश नं. ७समाज

अमेरिकमा बस्ने जोशीबाट एक करोड छात्रबृद्धि सहयोग,

सत्यराज सिहँ बझाङ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका – ४ ब्यासी तामाखानी घर भई हाल अमेरिका बस्दै आएका डा.तुलसीराम जोशीले गरिब तथा जेहन्दार बिभ्यार्र्थीहरुको शैक्षिक सुधारका लागी यहाँका बिध्यालयहरुमा लाखौ रुपयाँ सहयोग गरेर छात्रबृद्धि कोष स्थापना गरि दिएका छन् । सामान्य परिबारमा जन्मेर आफ्नो लगनशिलता र मेहनतले अमेरिका अध्यायन गर्ने अबसर पाएका जोशीले गरिब परिबारका जेहनदार लगनशिल बिध्यार्थीहरु पढाई खर्च नभएर पढाई अधुरो नहोस भन्ने उदेस्यले छात्रबृद्धि कोष सहयोग गरेका हुन ।
४० बर्ष अमेरिकाको बसाई पछि पहलो पटक आफ्नो जन्मथलो बझाङमा आएका जोशीले जिल्लाका तिन वटा बिध्यालय र कैलाली जिल्लाको धनगडीका दुई वटा बिध्यालय गरि पाँच वटा बिध्यालयमा करिब एक करोड रकम सहयोग गरेका छन् । आफुले प्रारम्भीक शिक्षा पढेको उहाँको गाउँ नजिकैको शान्ति माबि चौघानपाटमा उनले आफ्नो बुवा भानुभक्त जोशीको नाममा १२ लाख १५ हजारको छात्रबृद्धि कोषका लागी सहयोग गरेका छन् । यसका साथै आफुले माध्यामिक शिक्षा हासिल गरेको सत्यबादी माबि भोपुरमा आफ्नो जेठाबुवा देबी भक्त जोशीको नाममा छात्रबृद्धि कोष स्थापना गरेर १२ लाख १५ हजार सहयोग दिएका छन् । साथै आफ्नो पूख्यौली गाउँ नजीकैका बान्नीचौर माबि पाटागाउँमा आफ्नी आमा महालक्ष्मी देबी जोशीको नाममा १२ लाख १५ हजार सहयोग गरेको छ । डा.जोशीले कैलालीको धनगडीमा रहेको राष्ट्रिय माबिमा आफ्नै नामबाट ७० लाख सहयोग गरेपछि त्यहाँका अभिभाबकहरुले बिध्यालको नाम समेत परिबर्तन गरि राष्ट्रिय तुलसीराम माबि राखेको उहाँको साथमा हिडि रहेका सुदूरपश्चिम शिक्षा मन्त्रालयका उपसचिब सूर्य बहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार डा. जोशीले कैलाली धनगडी कै सारदा माबिमा पनि एकलाख सहयोग गरेका छन् । त्यसै गरि जोशीले बान्नी मष्टा मन्दीरमा समेत एक लाख सहयोग गरेका छन् । बाल्यकाल बझाङमा बिताएर जिल्लामा पहिलो पटक २०१३ सालमा एस एल सि दिने ब्याचका जोशी अमेरिकमा प्राध्यापक भएर जन्मथलो गाउँतिर आएपछि बझाङमा उनको वाजागाजा सहित गाउँलेहरुले भब्य स्वागत गरेका थिए । सत्यबादी माबिका प्रध्यानाध्यापक रामदत्त उपाध्यायले भन्नुभयो सामान्य परिबारका जोशी अमेरिका जस्तो ठाउँमा बिध्याबारिधी गरि प्राध्यापक भएर बझाङ जस्तो दुर्गम ठाउँका बिध्यार्थीको शैशिक सुधारका लागी गरेको सहयोग साहै्र पे्ररणादायि छ । बिध्यालयमा गरिएको स्वागत कार्यक्रममा बोल्दै डा जोशीले बिध्यार्थीलाई अनुसासित लगनशिल र मेहेनत गरेमा मान्छे आप्mनो लक्ष्यमा पुग्ने भएकाले मेहनेत गरि पढन सुझाव दिनुभयो । ८० बर्षको उमेर पुगेका डा. जोशीले अमेरिकन महिला संग बिबाह गरेका छन् । जोशीका स परिबार कुले देबताको पुजा आजा गर्न , आफन्त ईष्ट मित्र भेटघाट गर्न र सामाजिक सेवागर्न बझाङ आएका हुन । यस अगाडी पनि काभ्रे जिल्लाको एक बिध्यालयमा समेत छात्रबृद्धी सहयोग गरेको बताउदै डा. जोशीले भन्नुभयो अमेरिका रहदा पनि मेरो ब्यक्तिगत छात्रबृद्धि सहयोग बाट बझाङका १५ जनाले उच्च शिक्षा हासिल गर्ने अबसर पाएर हाल राज्यको बिभिन्न निकायमा काम गरि रहेका छन् । नेपालमा पढ्दा जोशीले महेन्द्र बिध्याभुषण पदक पाएका थिए भने अमेरिकमा समेत उहाँले अमेरिकी राष्ट्रपतीबाट प्रसिडेन्ट भोलेन्टीयर पदक र दुई पटक स्टेट गभरमेन्ट पदक समेत पाएका वताउनुभयो ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *