अपराध/सुरक्षाप्रदेश नं. ७समाज

एका विहानै बझाङ बाट आयो दुखद खबर: सदरमुकाम चैनपुरमा एक जनाको हत्या गरी शव सडकमा फालियो

मकरराज धामी फागुन २९ बझाङ – गएराती बझाङ सदरमुकाम चैनपुरमा एक जनाको ढुङगाले हानेर हत्या भएको । सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा मृतकको शव फेला परेको हो । मृत्यु हुनेमा सुर्मा गाँउपालिका वडा नं १ दौलीचौर घर भएका अन्दाजी ३० बर्षिय हर्क बोहरा रहेका छन । हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानियले विहान सडकमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहराको टाउको र अनुहारमा चौट देखिएको छ । घटनाको प्रकृति हेर्दा अरु ठाँउमा मारेर सडकमा फालिएको जस्तो देखिन्छ । अनुहार र टाउकोमा ढुङगाले हानेको देखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *