अर्थतन्त्रजीवनशैली/स्वास्थ्यप्रदेश नं. ७समाज

स्वास्थ्य विमामा सर्वसाधारणको आर्कषण बढदै

मकरराज धामी फागुन २८ बझाङ – आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम बझाङमा पनि प्रभावकारी बन्दै गएको छ । भगौलिक विविधता, गरिबी, नागरिकको चेतनास्तर लगायतका कयौँ चुनौती हुँदा हुदै पनि स्वास्थ्य विमा गर्ने सर्वसाधारणको आकर्षण बढदै गएको छ । २०७५ बैशाख ३० गते बाट सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रममा हाल सम्म ३ हजार ९ सय ४ घरपरिवारका करिब २१ हजार ३ सय ७७ जनाले विमा गरेका छन । विमकहरु मध्ये भाद्र १ गते देखि हालसम्म १ हजार ७५ जना बिमकले अस्पतालबाट निःशुल्क आकस्मिक सेवा, अन्तरंग सेवा, प्रयोगशाला सेवा र औषधि लगायतका सेवा सुविधा समेत लिइसकेको स्वास्थ्य बिमा बझाङको तथ्यांकमा रहेको छ । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् । हाल सम्म बझाङमा कुल जनसंख्याको ११ प्रतिशत मानिसहरुले स्वास्थ्य बिमा गरिसकेको स्वास्थ्य बिमा बझाङका दर्ता अधिकारी खगेन्द्र भट्टले बताए ।

सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उदेश्यले ल्याएको स्वास्थ्य विमामा अति गरिब परिवारलाई निशुल्क बिमा गर्न थालेपछि सर्वसाधाणको आर्कषण बढदै गएको छ । गएको बैशाख बाट सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रममा बझाङमा ३ हजार १ सय ३७ घर परिवारले नि शुल्क स्वास्थ्य बिमा गरेका छन । यस्तै ७ सय ५४ जनाले पैसा तिरेर स्वास्थ्य विमा गरेका छन । गरिब परिचयपत्रको आधारमा निशुल्क स्वास्थ्य बिमा गर्न थालेपछि जिल्लामा गरिब तथा विपन्न परिवारहरुको पनि स्वास्थ्य बिमा तर्फ आर्कषण बढदै गएको छ । बझाङ बाट २० लाख भन्दा बढी रुपैयाँ प्रिमियम संकलन भएको दर्ता अधिकारी भट्टले बताए । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने स्वास्थ्य बिमाको मुल निति रहेको उनको भनाइ छ ।

हिमाली जिल्ला बझाङका नागरिकलाई स्वास्थ्य बिमाबारे सचेत गराएर बिमा गर्न लगाएका छौँ । नागरिकका लागि स्वास्थ्य बिमा बढी आवश्यक हुने भन्दै उनले बिमा गराएर पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन स्वास्थ्य विमा आवश्यक रहेको उनको भनाई छ । आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न सकिन भन्ने सोच्नु गलत हुन्छ । सरकारले सबैभन्दा बढी गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै २५ सयमा ५० हजारको स्वास्थ्य उपचार सुविधाका लागी स्वास्थ्य विमा कार्यक्रम ल्याएको छ । विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच पु¥याउन बिमा सुरु गरिएकाले निम्न आयस्रोत भएकाहरूले नछुटाइ बिमा गर्नुपर्ने उनको भनाई छ ।

विमित सदस्यहरूले भने नेपाल सरकारले जसरी बिमा कार्यक्रम ल्यायो त्यसरी नै प्रत्येक स्वास्थ्य संस्थामा नागरिकलाई सहज रूपमा उपचार गराउने व्यवस्था गर्नुपर्ने बताएका छन् । जिल्लामा दरबन्दी अनुसारका डाक्टरहरु नहुँदा स्वास्थ्य बिमा गर्ने बिमकहरुले जिल्ला अस्पतालको सेवा सुविधामा ढिलासुस्ती हुने गरेको गुनासो पोख्ने गरेका छन । जिल्लामा भने जति निशुल्क पाइने औषधिहरु समेत नपाइने समस्या हुने गरेको छ । सबै स्वास्थ्य संस्थामा औषधि र उपचारको पूर्ण व्यवस्था हुनु पर्ने उनीहरूको भनाइ छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *