अपराध/सुरक्षाप्रदेश नं. ७समाज

हत्यारालाई कारवाहिको माग गर्दै प्रहरी प्रसासनका विरुद्ध सदरमुकाम चैनपुरमा प्रर्दशन

मकरराज धामी फागुन २९ बझाङ – गएराती सदरमुकाम चैनपुरमा एक जना युवाको हत्या भएको विषय लाई लिएर सदरमुकाम चैनपुरमा प्रर्दशन गरिएको छ । हत्यारालाई कारवाहिको माग गर्दै प्रहरी प्रसासनका विरुद्ध प्रर्दशन गरिएको हो । को ढुङगाले हानेर हत्या भएको । गएराती सुर्मा गाँउपालिका वडा नं १ दौलीचौर घर भएका अन्दाजी ३० बर्षिय धर्क बोहराको ढुङगाले हानेर हत्या गरिएको थियो । हत्या पछि प्रहरीले शान्ती सुरक्षा दिन नसकेको भन्दै प्रहरी प्रसासनका विरुद्ध मृतकका आफन्त र सदरमुकामवासीले प्रर्दशन गरेका हुन । हत्यारालाई कारवाहि गर, प्रहरी प्रसासन मुर्दावाद, जनतालाई सुरक्षाको प्रत्याभुति दे लगायतका नारा लगाउदै खुलामञ्च बाट सुरु गरिएको प्रर्दशन बजार परिक्रमा गरेको छ । चैनपुर एक सानो ठाँउमा पनि प्रहरीले सुरक्षा दिन नसकेको भन्दै प्रर्दशन सुरु गरिएको छ । बजार क्षेत्रमै सुरक्षाका लागी प्रहरी र ससस्त्र प्रहरी भएको भए पनि अपराधिक क्रियाकलाप बढ्देको भन्दै आन्दोलन गरिएको छ । प्रर्दशनकारीले जिल्ला भित्र चल्ने लामो र छोटो दुरीका यातायातका साधन चल्न दिएका छैनन । घटनाका विषयमा थप अनुसन्धान भईरहेको र थप अनुसन्धानका लागी कैलाली बाट तालिम प्राप्त कुकुर ल्याउने काम भैरहेको डिएसपि धितालले बताए । तालिम प्राप्त कुकुर सहतिको टोली आज बेलुका घटनास्थल पुग्ने प्रहरीको भनाई छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *