loading...

ढुंगा प्रहार गरी युवकको हत्या,

loading...

सत्यराज सिहँ बझाङ । जयपृथ्वी नगरपालिका वडा नं.१० चैनपुरमा एकजना युवकको हत्या गरिएको छ । मंगलबार राति सुर्मा गाउँपालिका वडा नं.१ बस्ने अन्ताजि बर्ष ३५का धर्क ब.बोहराको हत्या गरिएको हो । आज दिउसो जिल्ला प्रहरि कार्यालय बझाङ गरेको पत्रकार सम्मेलनमा वर्ष २५ का दर्पण भनिने दिवस बोहरालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन । पत्रकार सम्मेलनमा बोल्दै दिवस बोहराले भने सुदुरपश्चिम विध्यासदन बोर्डिङ स्कुलको पछाडि पट्टि आफु माथि जान लागेको र मृतक धर्क बोहरा तल आउन लागेको बेला शरिर एक आपसमा ठोकिदा अलिअलि बोला बोल भएर हानाहान भएको हानाहान हुदा ढुङ्गाले हानेर आफुले मारेको आज गरेको पत्रकार सम्मेलनमा बताएका छन् । उक्त घटनामा संलग्न रहेका बोहराले हिजो राति विभिन्न व्यक्तिहरुलाई हातपात गर्ने र घरको ढोकामा लातले हानेर होहल्ला गरेको भन्ने जिल्ला प्रहरि कार्यालयमा जानकारि आएपछि जिल्ला प्रहरि कार्यालय बाट खटिगएको प्रहरि टोलिले खोजि गर्दै जाने क्रममा चैनपुरमा रहेको बाहुलिगाड खोलामा एकजना खसेको भने खबर प्राप्त भए पछि प्रहरि टोलि उक्त स्थानमा गएको त्यहाँ पुग्दा एक स्थानिय महिलाले भनिन यो व्यक्ति मेरो घरमा पसेको र होहल्ला गर्दा छत बाट हाम फालेर भागेको हो । भने पछि दिवस बोहरालाई उक्त स्थान बाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका बेला बुधबार विहान सुर्मा गाउँपालिका वडानं. १ बस्ने अन्ताजि ३५ बर्षका धर्क ब. बोहरा जयपृथ्वी नगरपालिका १० चैनपुरमा मृत अवस्थामा फेला परेको जानकारि आए पछि घटना स्थलमा प्रहरि पुगि अनुसन्धान गरि सोधपुछ गर्ने क्रममा दर्पण भनिने दिवस बोहराले ढुङ्गाले हानेर हत्या आफुले गरेको बताए पछि काबार्ही अगाडि बढाईएको जिल्ला प्रहरि कार्यालयका नायव उपरिक्षक प्रविण धितालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *