loading...

दुबै मृगौला फेल भएकी कोपिला भन्छीन सक्दो सहयोग गर्दिनुस म बाँच्न चाहान्छु

loading...

मकरराज धामी बझाङ – सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको बुङगल नगरपालिका वडा नं २ बस्थि घर भएकी कोपीला धामी लामो समय देखि विरामीले थला परिन । उपचारको लागी उनले नेपाल मात्र हैन भारतका विभिन्न ठााउ पनि पुगि सकिन तर रोग पत्ता लागेन । केहि गरि निको नहुँने भए पछि उनलाई उपचार गर्न उनका दाई गोपाल धामीले काडमाडौँ टिचिङ हस्पिटलमा ल्याए । रो ग पत्ता लाग्यो तर सबै दुखि भए जब कोपिलाका दुवै मृगौला फेल भएको भन्ने सुनाए । दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाचिरहेकी छिन् । २७ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपना माथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीबन मरणको दोसादमा रहेकी उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ । उनी भन्छीन मलाई सहयोग गछु म बाँच्न चाहान्छु ।
घरको आर्थिक अवस्था नाजुक भएका कारण उनको पिडालाई झन् बल्झाइरहेको छ । नयाँ जीवनको आशामा बाचिरहेकि पिडित कोपीलाले सहयोगको लागी सबै सामु अपिल गरेकी छन् । निरन्तर उपचार तथा प्रत्येक हप्तामा डायलासिसमा लाग्ने खर्चको जोहो गर्न कठीन भएकाले उनले सहयोगको अपिल गरेकी हुन् । अहिले टिचिङ हस्पिटल महाराजगञ्जमा उनको उपचार भइरहेको छ । उनलाई बचाउन ४० देखि ५० लाखसम्म लाग्ने चिकित्सकहरुले बताउँदै आएका छन् । तर अस्पताल प्रशासनले भने जती रकम जुटाउन नसक्दा उनी अहिले मुस्किलमा छिन् । उपचारमा संम्लग्न डाक्टरले दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएको तर आर्थिक अवस्था कमजोर हुँदा उपचारमा नै समस्या भएको पीडितका श्रीमान विर बहादुर धामीले बताए । अस्पतालले उनको मृगौला काम नलाग्ने गरी बिग्रिएकाले उपचार धेरै खर्चिलो हुने सिफारिस गरेको छ । यता आफ्नै आँखा अगाडी श्रीमती छट्पटाएको देख्दा उनका श्रीमानलाई निकै पीडा हुने गर्छ । तर पनि सहनु विकल्प छैन उनी भन्छन । सहयोगका लागी मृगौला पिडितका श्रीमान वीर बहादुर धामीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक महाराजगञ्ज काठमाडौको खाता नं ११५००४२५७९१० र मा सहयोग गरि दिन हुन समेत अनुरोध समेत गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *