loading...

मलेसियाका लागि नव नियुक्त राजदुत उदयराज पाण्डेलाई मलेसियामा अन्र्तक्रिया संगै स्वागतको तयारी

loading...

मलेसिया – मलेसियामा रहेका नेपालीहरुले मलेसियाका लागि नव नियुक्त राजदुत उदयराज पाण्डेलाई भव्य स्वागत गर्ने भएका छन । मलेसियामा रहेका नेपाली ब्यवसायी र नेपाली संग सम्बन्धित विभिन्न समाजिक संघसंस्थाहरू ले एक कार्यक्रमका विच राजदुत पाण्डेको स्वागत गर्ने तयारी गरेका छन । सुदुर पश्चिमेली नेपाली समाज, नेपाल् आदिवासी जनजाती महासंघ, नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ ९फोनिज०, गैर आवासीय नेपाली सितेरियो कराते संघ, भोजपुर सेवा समाज, दोलखा समाज, खोटाङ सेवा समाज, खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरू संगको संयुक्त सहकार्यमा यहीँ मार्च महिनाको ३१ तारिखमा क्वालालम्पुरको ग्राण्ड कन्टिनेन्टल होटेलमा एक भब्य कार्यक्रमको आयोजना गरि राजदुत पाण्डेलाई स्वागत गर्ने तयारी गरेको सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका केन्द्रिय अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा राजदुत पाण्डेलाई स्वागत संग संगै मलेसियामा कार्यरत पीडित नेपाली मजदुरहरूको उद्दारका लागी आगामी दिनहरुमा दूतावास संग कसरी सहयोग लिने अथवा सहकार्य गर्ने भन्ने बारे पनि बृहत् छलफल, अन्तरक्रिया समेत हुनेछ । साथै उक्त स्वागत कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाकी नाचगान समेत प्रदर्शन गर्ने तयारी रहेको उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *