loading...

राजनैतिक प्रतिसोध र व्यक्तिगत रिसिबीका कारण अख्तीयारमा मुद्धा : अख्तियारका मुद्धाले अनावश्यक दुःख मात्रै

loading...

मकरराज धामी चैत्र १६ बझाङ – बझाङको बुङगल नगरपालिकाका विभिन्न योजनाहरुमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा मुद्धा परेका छन । राजनैतिक प्रतिसोध र व्यक्तिगत ईगोका कारण मुद्धा परेका छन । नगरपालिका भित्र निमार्ण भै रहेका र भै सकेका योजनाहरुमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा मुद्धा परेको नगरपालिका स्रोतले जनाएको छ । गाँउघरमा उपभोक्ता समिति गठन गर्दाका बेला रुष्ट हुने र व्यक्तिगत रिस फेर्न अख्तियारमा मुद्धा हाल्ने गरेको बुङगल नगरपालिकाका प्रमुख धन बहादुर विष्टले जानकारी दिनु भयो । उनले भने नगरपालिकाले दिएका योजनामा चित्त नबुझे र आफु उपभोक्ता समितिको अध्यक्ष हुन नपाएको झोकमा मुद्धा हालेर दुख दिने गका छन ।

उनले भने गत बर्ष नगरपालिकाले वडा नं २ मा यार्सागुम्बा कर संकलन गरेको थियो । नगरपालिकाले शान्ती सुरक्षाका लागी प्रहरी खटायो र कर उठाउने दुई जनालाई पनि पारीश्रमिक दिने गरि निर्णय ग¥यो । उठेको रकमको हिसाब किताब स्पष्ट छ । सुरक्षाकर्मि र दुई जनाको पारीश्रमिक दिएर बाँकी रहेको करिब २ लाख बढी रुपैँया नगरपालिकाको खातामा छ । तर यार्सागुम्बाको रकम अनियमितता गरेको भन्दै वडाध्यक्षका विरुद्ध मुद्धा हालेको छ । जबकि यस विषयमा वडाध्यक्षको कुनै संलग्नता नै रहदैन । भने अब यसलाई तपाई राजैनिक प्रतिसोध वा व्यक्तिगत रिसिबी बाहेक अरु के भन्नु हुन्छ । यी त उदाहरण मात्रै हुन हामीलाइृ स्पष्टिकरण दिनु भनेर आएका सबै मुद्धाहरुको प्रकृति एउटै छ ।

एउटा खानेपानी आयोजनाका लागी पाईप खरिद गर्न नगरपालिकाले दिएको योजनामा अनावश्यक रुपले बढी रकम उल्लेख गर्दै अख्तियारमा मुद्धा दिए छन । अहिले मुद्धाको स्पष्टिकरण दिनै समय जान्छ । नगरपालिकाका निमित्त कार्यकारी प्रमुख पुर्ण बहादुर खडकाले भने । गाँउघरमा खानेपानी मर्मत, पाईप खरिद, मन्दीर मर्मत, विध्यालयका छाना मर्मत लगायतका शिर्षकमा सानो सानो बजेट छ । पचास साठी हजारमा समान किन्दा र ढुवानी खर्चमा ठिक्क हुन्छ । त्यसैमा पनि राजनैतिक प्रतिसोध र व्यक्तिगत रिसिबीका कारण अख्तियारमा मुद्धा हाल्छन । अनावश्यक मुद्धा हालेर दुख दिने गरेको उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *