loading...

जनप्रतिनिधि र निर्माण समितिकाे बदमासीका कारण बुङगल नगरपालिकाको डोजर थन्कियो

loading...

मकरराज धामी चैत्र १७ बझाङ – बझाङको बुङगल नगरपालिकाको डोजर काम नपाएर थन्कियको छ । नगरपालिका भित्र हुने विकास निमार्णको काममा प्रयोजन गर्ने उदेश्यले नगरपालिकाले डोजर भित्र्याएको थियो । एक करोड सत्र लाखमा खरिद गरेर ल्याएको डोजर काम नपाएर बेकामे भएको छ । जनप्रतिनिधिको बेईमानीका कारण डोजर थन्किएको हो । नगरपालिकाले हरेक वडालाई सडक सञ्जाल संग जोडने काम गरि रहेको छ । तर वडाका जनप्रतिनिधि र निमार्ण समितिका अध्यक्षको मिलेमतोमा व्यक्तिगत डोजर लगाएर सडक निमार्णको काम गरि रहेका छन । यसरी कमिसनको खेलमा जनप्रतिनिधि र निमार्ण समिति लाग्दा नगरपालिकाको डोजर बेकामे भएको हो ।

डोजर खरिद गरे पछि नगर कार्यपालिकाको बैठकले प्रतिघण्टा ४ हजारका दरले नगरपालिकाको डोजर लगाई नगरपालिका भित्रका सडक निमार्ण गर्ने भन्ने निर्णय गरेको थियो । तर अहिले जनप्रतिनिधि हरुले आफैले गरेको निर्णय कार्यान्वयन गरेका छैनन । निमार्ण समितिका पदाधिकारी संग मिलेर जनप्रतिनिधिहरुले व्यक्तिगत डोजर प्रयोग गरेर सडक निमार्ण गर्न दिएका छन । अहिले उनीहरुले डोजर संचालकहरु संग प्रति घण्टा ६ हजार ५ सय देखि ८ हजार सम्ममा सम्झौता गरेर सडक निमार्ण गरि रहेका छन । कार्यपालिकाले निर्णय गरेको तर वडाध्यक्ष र निमार्ण समितिले आफुलाई नटेरेको बुङगल नगरपालिकाका प्रमुख धन बहादुर विष्टको भनाई छ । कार्यपालिकाको बैठकमा बेला बेला आफुले यस विषयमा कुरा उठाएको भए पनि कार्यपालिकाका सदस्यहरुले अटेर गर्ने गरेको बताए । तपाई नगरपालिकाको प्रमुख हो तपाईले कार्यान्वयन गर्न किन सक्नु भएन भन्ने हामशे प्रश्नमा प्रमुखले भने  नगरपालिकाकै डोजर प्रयोग गरि सडक निमार्ण गर्नु होस नभए पछि भुक्तानी हुने छैन भनेर भन्दा पनि टेरदैनन । भुक्तानी नगरौ भने मै माथी खनिन्छन के गर्नु । भनेर अरु जनप्रतिनिधिलाई आरोप लगाएर जोगिन खोज्नु भयो । प्रमुखले चाहेमा नगरपालिका भित्र हुने निमार्णमा नगरपालिकाको डोजर बाहेका अरु प्रयोग गर्न कठिन छ । तर सबैको मिलेमतोमा रकम कुम्ल्याउने काम भै रहेको आरोप स्थानियको छ । जनप्रतिनिधिले आ आफ्नै कार्यकर्ताले खरिद गरेका डोजर प्रयोग गर्दा यो अवस्था आएको हो ।

यसरी आफैले गरेको निर्णय लाई कार्यान्वयन गर्न नसक्नु जनप्रतिनिधिको ठुलो बदमासी हो । आफ्नो गाँउठाँउमा सडक निमार्णको नाममा कमिसन खान पल्केका जनप्रतिनिधिहरु भने एउटै डोजरले सबै ति काम गर्न नसक्ने भएकाले व्यक्तिगत डोजर प्रयोग गरेको जनप्रतिनिधिको भनाई छ । नगरपालिकाले गरेको निर्णय र व्यक्तिगत डोजरको सम्झौता हेर्दा प्रतिघण्टा २ देखि ३ हजार कमिसन जनप्रतिनिधि र निमार्ण समितिले कुम्ल्याई रहेका छन । खास गरेर करोड भन्दा तलका योजनाहरुमा डोजर लगाउन नमिल्ने हो । तर भौगोलिक कठिनाईका कारण डोजर नलगाई शुख छैन । यसै मौका छोपेर जनप्रतिनिधिहरु कमिसनको खेलमा व्यक्तिगत डोजर प्रयोग गर्ने गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *