loading...

सुदूरपश्चिम प्रदेशका आयोजनामा विदेशी लगानीकर्ताहरुले चासो मात्रै कि लगानी पनि ?

loading...

बझाङ : काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा सुदूरपश्चिम प्रदेशका केही आयोजनामा विदेशी लगानीकर्ताहरुले चासो व्यक्त गरेका छन् । नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका सातवटा आयोजना लगानी सम्मेलनमा प्रवद्र्धन गरेको थियो ।

सुदूरपश्चिम प्रदेशको चर्चित पश्चिम सेती जलविद्युत अयोजना, सेती नदीकै पानी प्रयोग गरी बिजुली निकाल्न सकिने एसटी १ आयोजना, खप्तड केबुलकार परियोजना, सुदूरपश्चिम परिवहन, गोदावरी एग्रिकल्चर लगायत सातवटा आयोजनामा चीन, भारत, दक्षिण कोरिया र मकाउका लगानीकर्ताहरुले चासो राखेका छन् ।

लगानी सम्मेलनमा सहभागी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराकाअनुसार सम्मेलनमा विभिन्न आयोजनाहरुबारे गरिएको सम्भाव्यता अध्ययनका प्रतिवेदनहरुका आधारमा छलफल भएको छ । लगानीकर्ताहरुको चासो सुदूरपश्चिम जलविद्युत आयोजनामा बढी छ ।

पश्चिम सेती र एसटी १ आयोजनामा विशेष रुपमा चीन र भारतका लगानीकर्ता आकर्षित भएको उनले बताए । यस्तै भारतीय लगानीकर्ताहरुले प्रदेश परिवहन सेवाबारे पनि चासो व्यक्त गरेको मन्त्री बोहराले जानकारी दिए । मकाउ र दक्षिण कोरियाका लगानीकर्ताले भने कृषि र पर्यटनबारे चासो राखेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारले समेटेका सात आयोजना बाहेक थप नौ आयोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गरेको छ । यी नौ आयोजनाबारे जानकारी दिन सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारीपत्र समेत प्रकाशन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *