loading...

जेउलीगाड जलविधुत आयोजनाको काम अन्तिम चरणमा: दुई महिना भित्र बत्ती बल्ने

loading...

मकरराज धामी चैत्र १७ बझाङ – सुर्मा गााउपालिकाको डोगडेमा निमार्णधिन जेउलीगाड जलविधुत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सन् २०१६ मा सुरु भएको १ मेगावाट क्षमताको जेउलीगाड जलविधुत आयोजनाको काम अन्तमि चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ । रंगुनखोला हाइड्रो प्रा.लि ले उक्त आयोजना निमार्ण गरेको हो । आयोजनाको पावरहाउस निमार्णको काम सकिए संगै अब को दुई महिना भित्र बत्ती बाल्ने लक्ष लिएको कम्पनीले जनाएको छ । यस अघि आयोजनाको पाईपलाई विच्छयाउने, ईन्टेक बनाउने लगायतका काम सम्पन्न भैसकेका छन । यसै बर्षको चैत मसान्त सम्ममा सम्पन्न गर्ने गरि काम सुरु गरेको आयोजना निर्धारित समयमा सकिन लागेको हो ।
लामो समय देखि विद्युत् अनिमितता झेल्दै आएका र अन्धकारमा बस्दै आएका बझाङवासीहरुको उज्यालोमा बस्ने सपना अब साकार हुने भएको छ । जेउलीगाड सञ्चालनमा आएपछि बझाङमा विद्युत् समस्या सधैंका लागि समाधान हुन निमार्ण कम्पनि रंगुनखोला हाइड्रो प्रा.लि का सञ्चालक वीरेन्द्र मल्लको भनाई छ । जिउलीगाड विधुत सम्पन्न भईसके पछि सदरमुकाम लगायत जयपृथ्वी नगरपालिका, सुर्मा गाँउपालिका लगायत आसपासका क्षेत्रहरुका लागी पर्याप्त हुने उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *