loading...

एक कार्यक्रमका विच मलेसियाका नवनियुक्त राजदुत उदयराज पाण्डेको मलेसियामा स्वागत

loading...

मलेसिया – मलेसियामा रहेका ब्यबसायी तथा विभिन्न सामाजिक संघ संस्थाहरुले एक कार्यक्रमको आयोजना गरि नव नियुक्त महामहिम राजदुत उदयराज पाण्डेज्यु लाई स्वागत गरेको छ । मलेसियाको क्वालालाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मलेसियामा रहेका ब्यबसायीहरु, क्रियासिल संघ संस्थाका प्रतिनिधिहरु, एयरलाइन्सका प्रतिनिधिहरु, रेमिटेन्स कम्पनिका प्रतिनिधिहरु, समाजसेबिहरु, कलाकारहरु, पत्रकारहरु, तथा मलेसियाका विभिन्न ठाउहरु बाट प्रतिनिधित्व गर्नु भएको नेपाली श्रमिक हरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा स्वागत मनतब्य राख्नोहुँदै आयोजक सस्थाहरु मध्ये को एक सुदूरपश्चिममेलि नेपाली समाज मलेसियाका केन्द्रिय अध्यक्ष समीर मल्लले मलेसियामा रहेका विभिन्न क्रियासिल संघ संस्थाहरु बीच आपसी एकता, सदभाव र सहकार्य गरेर अगाडी बढेमा यहाँ रहेका नेपालि हरुको समस्या लाई अधिक रुपमा समाधान गर्न नेपाली दुताबास लाई सहयोग पुग्ने र नेपाली दुतावासले पनि सबैसंग सहकार्य गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको अध्यक्ष मल्ले बतायका छनबताएका छन्।कार्यक्रममा सुदूरपश्चिमेलि हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिति रहनु भएका नव नियुक्त महामहिम राजदुत उदयराज पाण्डेज्यु ले आयोजक हरुलाई धन्यवाद दिनु भएको छ । क्रियासिल सामाजिक संघ संस्था हरुले आगामी दिनहरुमा मलेसियामा रहेका नेपालि समुदाय लाई आइपर्ने समस्याहरुको समाधानका लागी नेपाली दुताबास सधै तयार रहने बताउनु भयो । सबै समस्याहरु राजदुतावासलाई थाहा नहुने भन्दै उहाँले हरेक नेपालीका समस्यालाई नेपाली संग सम्बन्धित संघसंस्थाहरुले उठाउनु पर्ने र राजदुतावासको सहकार्यमा समस्या समाधान गरिने बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *