loading...

स्वास्थ्य सम्बन्धि योजना तर्जुमा कार्यशाला गोष्ठी बैतडीमा सुरु ,

loading...

 जनक साउद बैतडी ,दशरथचन्द नगरपालिकाको आयोजना र नेपाल पब्लिक हेल्थ रिर्सच एण्ड डेब्लपमेन्ट सेन्टर र युनिसेफको सहयोगमा स्वास्थ्य सम्बन्धि तीन दिने योजना तर्जुमा कार्यशाला गोष्ठी बैतडीमा सुरु भएको छ । तथ्यमा आधारित मात्रृ नवजात शिशु र बालबालिकाको स्वास्थ्य सेवाको अबरोध बिश्लेषण तथा रणनितिक योजना तर्जुमा कार्यशाला बिषयक गोष्ठी आजबाट सुरु भएको हो । कार्यशाला गोष्ठीको एक औपचारिक कार्यक्रममा बिच आज उद्धघाटन गरिएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिह थापाको सभापतित्व , जिल्ला समन्वय समिति प्रमुख शिद्धराज भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रमको आज उद्धघाटन गरिएको हो । यस्तै कार्यक्रमको बिशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल लगायत रहनु भएको थियो । तथ्यमा आधारित मात्रृ नवजात शिशु बालबालिकाको तथ्याङक बिश्लेषण गर्ने , अबरोधहरु पत्ता लगाएर त्यस्ता अबरोधहरुलाई न्युनिकरण गर्नका लागी रणनितिक योजनाहरु निर्माण गर्ने उदेश्य रहेको नेपाल पब्लिक हेल्थ रिर्सच एण्ड डेब्लपमेन्ट सेन्टर कार्यकारी निर्देशक जनक थापाले बताए । अबरोधहरु न्युनिकरण गर्नका लागी तीन बर्षे रणनितिक कार्य योजना निर्माण गरी दशरथचन्द नगरपालिकामा आमा तथा बालबालिकाको स्वास्थ्य स्थितिमा स्तरोन्नती गर्ने मुख्य उदेश्य रहेको छ । यस्तै नगरपालिका स्तरबाट प्रत्येक स्वास्थ्य सस्ंथा र वडा कार्यालयहरुमा स्थानिय स्तरबाट बजेट तर्जुमा गरी कार्य योजनामा बनाउने प्रमुख उदेश्य कार्यक्रमले राखेको कार्यकारी निर्देशक थापाले बताउनु भयो । कार्यक्रममा दशरथचन्द नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु , स्वास्थ्यकर्मीहरु , महिला स्वास्थ्य स्वयम सेविका लगायतको सहभागिता रहेको थियो । आज बाट सुरु भएको कार्यशाला गोष्ठी २२ गते (शुक्रबार) सम्म सञ्चालन हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *