loading...

युवाहरुलाई स्वरोजगार बनाउन मोबाईल मर्मत तालिम,

loading...

सत्यराज सिहँ बझाङ,बझाङ जिल्लाका युवाहरुलाई स्वरोजगार बनाउन ३ महिने मोबाईल मर्मत तालिम दिईने भएको छ । नेपाल सरकार सुुदुरपश्चिम प्रदेश कृर्षि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र श्री युवा जनजागरण एकता समुह बझाङको आयोजनामा सञ्चालन हुन लागेको हो । ३ महिने मोबाईल मर्मत सिपमुलक तालिम प्रर्तिनिधि सभा सदस्य भैरव ब. सिहँले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै प्रर्तिनिधि सभा सदस्य सिहँले भने वेरोजगारको रुपमा रहेका युवाहरुलाई स्वरोजगार बनाउने सरकारको लक्ष समेत रहेको र स्थानिय स्तरमै युवाहरुले काम गरेर आफ्नो जिविका चलाउनका लागि समयको माग अनुसार यो तालिम महत्वपुर्ण रहेको बताउनु भयो । साथै बझाङ जिल्लाका कतिपय युवाहरु पछिल्लो समयमा त्यतिकै जुवा,तास,मदिरा ,लागुपदार्थ सेवन गरी समय विताउने भएकाले अब यस्ता सिपमुलक कार्यक्रमहरुमा सहभागि भै सिप सिक्नमा लाग्नु पर्नेमा समेत जोड दिनु भयो । चैत २५ गते देखि सुरु भएको मोबाईल मर्मत तालिममा २५ जना युवाहरुको सहभागिता रहने छ । युवा जनजागरण एकता समुह बझाङका अध्यक्ष लोकेन्द्र सिहँले भने पहिलोपटक बझाङमा आयोजना गरिएको मोबाईल मर्मत तालिम सिक्नका लागि युवाहरुको चासो पाईएकोले आगामि दिनमा पनि यस्ता कार्यक्रम माग गर्न सहज हुने र तालिम २०७६ साल असाढ २४ गते समम सञ्चालन हुने बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *