loading...

बझाङ जिल्लाको शान्ती सुरक्षामा पत्रकारको महत्पुर्ण भुमिका रहने डिएसपी के सी को भनाई ,

loading...

सत्यराज सिहँ बझाङ,पत्रकारहरुसंग गरिएको उक्तm कार्यक्रममा बझाङमा शान्ति सुरक्षा मदिरा , जुवातास, चोरी सिकारी नियन्त्रण, लैंगिक हिंसा, छाउपडी प्रथा ,बाल विवाह, वहुविवाह, लागुऔषध, सामाजिक बिकृति र बिसंगती बारेमा छलफल गरिएको हो । चियापान तथा छलफल कार्यक्रममा बोल्दै बझाङ जिल्लामा सरुवा भएर आउनु भएको डिएसपी सुर्य के सीले बझाङ जिल्लाको शान्ति सुरक्षा ,मदिरा नियन्त्रण ,लगाएतका सवालहरुमा सबैको उतिकै महत्व रहने भएकाले पत्रकारहरुको समेत ठुलो योग्दान रहने बताउनु भयो । साथै प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्ने र बझाङको शान्ति सुरक्षाको विषयलाई प्रभावकारी बनाउन स्थानिय तहका जनप्रतिनिधि, नागरीक समाज, राजनैतिक दलका नेतृत्व, कार्यकर्ता, संचारकर्मी, विद्वान, क्षेत्रका व्यक्तित्व लगायत सबैसँग समन्वय र सहकार्य गरि । प्रहरीलाई माया र साथ दिनु पर्ने समेत भन्नु भयो । उक्त कार्यक्रममा बझाङ बासीको सुख शान्ति र अमनचयन कायम गर्ने बिषयमा छलफल गरिएको हो । बझाङ जिल्लामा प्रहरीको ३ सय ५९ जनाको दरबन्दी रहे पनि हाल २ सय ७६ जना रहेको र त्यति मध्यमा पनि कतिपय तालिम र विदामा जादा समस्या समेत हुने बताए । साथै सुदुरपश्चिमको दोस्रो ठुलो जिल्ला र विकट जिल्लाको रुपमा चिनिने बझाङ जिल्लामा रासन भता डडेल्धुराको भन्दा कम रहेकाले बझाङ जिल्लामा प्रहरी आउन समेत नमान्ने गरेको बताउनु भयो । डिएसपी प्रविण धिताल सरुवा भै काठ्मान्डौ गएपछि डिएसपीको रुपमा नेपालगञ्ज बाट सरुवा भै बझाङ डिएसपी के सी आउनु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *