loading...

जिप सञ्चालकले मनपरी भाडा असुल्न थालेपछि बागथला बिजगडा सडक खण्ड बन्द

loading...

बझाङ: बझाङमा जिप सञ्चालकहरुले मनोमानी भाडा असुल्ने गरेका छन् । तोकिएको मुल्यभन्दा पक्की सडकमा ५० रुपैयाँ र कच्ची सडकमा १०० देखि १ सय ५० रुपैयाँ भाडादर लिदै आएका छन् ।

यसैबीच बागथला विगडा सडक खण्डमा चल्ने सवारीहरुले मनपरि भाडा असुल्न थालेपछि मंगलबार गाडी बन्द गरिएको छ । कच्ची बाटोमा प्रतिकिलोमिटर ८ रुपैया र पक्की बाटोमा प्रतिकिलोमिटर ५ रुपैया तोकेको भए पनि जिप संचालकहरुले झण्डै दोब्बर भाडा असुलि रहेका छन् ।

बागथलाबाट बिजगडाको भाडा १ सय ३० रुपैया हुन आउँछ । तर जिप चालकहरुले २ सय पचास भाडा असुली रहेका छन् । यसरी मनपरि भाडा असुली गर्न थालेपछि विध्यार्थीहरुले दुई साता अघि भाडा घटाउन आग्रह गरेको थियो ।

भाडा नघटेसम्मका लागि अनिश्चितकालीन यातायात बन्द गरेको त्रिवेणी आर्दश बहुमुखी क्याम्पस विजगडाका स्ववियु सभापति जय कुँवरले जानकारी दिनुभयो ।

सभापति जय कुँवर भन्नुभयो, “हामीले समयमै सचेत गराएका थियौं तर सञ्चालकहरुको दादागीरी कायमै रह्यो । अब कडा आन्दोलन गरिन्छ ।” यातायात बन्द हुँदा नयाँ बर्षको लागी घर फर्किने यात्रुहरु बागथलामा अलपत्र परेका छन् ।

बुङ्गल क्षेत्रमा मात्र होइन् बझाङको सबै ठाउँमा जिप सञ्चालकहरुले  दादागीरी देखाउन थालेको छन् । केही अघि मात्रै बसेको सर्वपक्षिय बैठकले नयाँ भाडादर तोकेको थियो ।

नयाँ भाडादर अनुसार कच्ची सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ, अर्धकच्ची सडकमा प्रतिकिलोमिटर ५ रुपैयाँ र पक्की सडकमा प्रतिकिलोमिटर ३ रुपैयाँ तोकेको थियो । यता जिल्ला ट्राफिक प्रहरीले भने गुनासो आएमा कार्बाही गरिने बताउँदै आएको छ ।

अहिले जिप चालकहरुले देउरादेखि बाग्थला ५ किमि सडकमा २५ रुपैयाँ हुनुपर्नेमा ५० रुपैयाँ भाडादर लिदै आएका छन् । त्यस्तै सदरमुकाम चैनपुरबाट देउराको भाडादर २०० रुपैयाँ हुनुपर्नेमा २ सय ५० र चैनपुरबाट भाँडेबजार १ सय ५ रुपैयाँ हुनुपर्नेमा १ सय ५० रुपैँया लिने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *