loading...

बुङगलको बड्डीज्यावनमा सोलार लिफ्टीङ प्रविधिबाट गाँउमा खानेपानी : स्थानिय हर्षित

loading...

मकरराज धामी चैत्र २७ बझाङ – बझाङको बुङगल नगरपालिका वडा नं ६ बड्डिीज्यावन, मजिवन र झकाडामा सोलार प्रविधि बाट शुद्ध खानेपानी पिउन पाँउदा स्थानिय हर्षित भएका छन् । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणको आर्थिक सहयोगमा यस वडाका तीन गाँउमा सोलार लिफ्टीङ प्रविधि बाट खानेपानी आयोजना निमार्ण गरिएको हो । फिनल्याण्ड सरकार, युरोपियन युनियन र नेपाल सरकारको सहकार्यमा १ करोड भन्दा बढीको लगानीमा ग्रामिण जलस्रोत परियोजनाले बड्डीज्यावन सोलार लिफ्टीङ खानेपानी तथा सरसफाई योजना, मजिवन सोलार लिफ्टीङ खानेपानी तथा सरसफाई योजना र झलकपुर सोलार लिफ्टीङ खानेपानी तथा सरसफाई योजना सम्पन्न गरेको हो । खानेपानी आयोजनाका लागी ३ किलोवाट क्षमताको सौर्य उर्जा बाट १५ सय मिटर तलको खोला बाट लिफ्टीङ गरि यी गाँउहरुमा खानेपानी पु¥याएको हो । गााउमा खानेपानी नहुँदा मजिवन, बड्डिीज्यावन र झकाडाका करिब ८५ घर परिवार बर्षाैदेखि खानेपानीको समस्या झेल्दै थिए ।

खानेपानी योजना सम्पन्न भए पछि आफ्नौ दैनिकि नै फेरिएको बुङगल नगरपालिका वडा नं ६ मजिवनकी बाटुली बोहराको भनाई छ । उनले भनिन् दुई महिना अघि सम्म गाँउ भन्दा तल रहेको नालाखोला बाट १ घण्टाको बाटो हिडेर पानी खोलाको पानी बोक्नु पर्ने बाध्यता थियो । तर मजिवन सोलार लिफ्टीङ खानेपानी योजना निमार्ण भए पछि दुखका दिन हटेका छन । उनी मात्र हैन बड्डीज्यावनकी धनमती धामीको पनि हिजोआज दैनिकि फेरिएको छ । अहिले उहाँले विहान सबेै उठनु परेको छैन भने घरमा खानेपानी कि छैन भन्ने चिन्ता पनि छैन । घरमै धारा जडान भए पछि खुसी लागेको उनको भनाई छ ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणले खानेपानी योजना सम्पन्न गर्दा मजिवनका २५, बड्डीज्यावनका २५ र झकाडाका ३५ घर परिवार गरि तीन गाँउका ८५ घर परिवार लाभावन्तित भएका छन । आयोजना बाट २२ वटा सार्वजनिक र २ ओटा विद्यालयका लागी गरि जम्मा २४ धारा निमार्ण गरिएका छन् । खानेपानी आयोजना निमार्ण भए संगै सरसफाई व्यवस्थापनमा पनि ध्यान दिने गरेका छन् । पहिले तल खोला बाट पानी ल्याउनु पर्ने बाध्यता रहेको थियो जस्ले गर्दा आफुहरुले सरसफाईमा ध्यान दिन नसकेको अम्ता बोहराले बताईन । उनले भनिन अहिले पानी बोक्नु पर्ने दुख हटेको छ । खानेपानी आयोजना निमार्ण संगसंगै सरसफाईमा पनि ध्यान दिन थालेका छौँ । बर्षौ देखि खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दाहरु खानेपानी आयोजनाका लागी बेला बेलामा तत्कालीन गा.वि.स र पछिल्लो समयमा नगरपालिका संग माग गर्दा पनि आफ्नो गुनासो कसैले नसुनेको बताउछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *