loading...

सीमा प्रहरी चौकी धुलीको ४० बर्ष पछि पहिलो पटक निरीक्षण ,

loading...

बझाङ – सीमा प्रहरी चौकी धुलीको ४० बर्ष पछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले निरीक्षण गर्नु भएको छ । जिल्लाकै दुर्गम साईपाल गाउँपालिकामा २०३५ सालमा स्थापना भएको सीमा प्रहरी चौकी धुली पुग्न सदरमुकाम चैनपुरबाट तीन दिन जान र तिन दिन फर्किन लाग्छ । सडक सञ्जालसँग समेत नजोडिएको साईपाल गाँउपालिकामा रहेको प्रहरी चौकी निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी सुनारले आफूलाई यहाँको समस्या देख्दा निकै दुःख लागेको बताउनुभयो । प्रहरीको बसाइ र नागरिकलाई दिने सेवाका बारेमा बुझ्दै प्रमुख जिल्ला अधिकारी सुनारले विकट ठाँउमा समेत राम्रो काम गरेकोमा धन्यबाद समेत दिनुभयो । सञ्चारको समेत सुविधा नभएको ठाउँमा सीमा प्रहरी चौकीले जनताको साथी नै भएर काम गरिरहेको देख्दा खुशी लागेको बताउदै उहाँले भन्नुभयो, ‘एउटा गाउँबाट अर्को गाउँ पुग्नसमेत एक दिन पूरा लाग्दोरहेछ । हिमपात भएको समयमा पनि यहाँ कार्यरत प्रहरीले दुःख नभनी काम गर्दा रहेछन् ।’आफूले निरीक्षण गर्दा सीमा प्रहरी चौकी धुलीमा जनशक्ति कम भएको, भौतिक पूर्वाधारको अवस्था नाजुक पाएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । यहाँ २२ जनाको दरबन्दी भए पनि अहिले १२ जनाले मात्रै काम गरिरहेका छन् । यसका लागि आफूले केन्द्र सरकारसँग समन्वय गरी तुरुन्तै थप जनशक्तिका लागि पहल गर्ने उहाँको भनाइ छ । प्रहरीको आफ्नो जग्गा हुँदा–हुँदै पनि जीर्ण घरमा स–साना ४ कोठामा १२ जना प्रहरी बस्दै आएका र त्यसमा पनि पानी पर्दा र हिमपात हुँदा पानी भित्र आउने गरेको प्रहरीको गुनासो छ । भौतिक पूर्वाधारका लागि साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीसँगसमेत आफूले छलफल चलाएको प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *