loading...

सीमा प्रहरी चौकीमा खाद्यान्नसमेत पैँचाे मागेर चलाउनु पर्ने

loading...

बझाङ – नेपाल सरकारले खाद्यान्नका लागि रकम छुट्याउने गरेको भए पनि सीमा प्रहरी चौकी धुलीका प्रहरीहरुले भने पर्याप्त मात्रामा कहिले पनि खाद्यान्न नपाएको गुनासो गरेका छन् । खाद्यान्न अपुग भएका कारण आफूहरुले गाउँलेहरुसँग पैंचो मागेर खानेकुराको जोहो गर्ने गरेको बताए । प्रहरी चौकी नजिकै रहेका शैनगाँउ लाफडीका स्थानीय बासिन्दाहरुबाट कहिले नून, तेल, कहिले चामल र पीठो पंैचो मागेर खानेकुराको जोहो गरेको सीमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरी नायब निरीक्षक महानन्द जोशीको भनाइ छ ।

गाँउमा पसल नभएका कारण हिमपात र वर्षाका बेला खाद्यान्न पाइँदैन । एक किलो खाद्यान्न ढुवानीका लागि खच्चड र भेडाहरुले १३० देखि १६० सम्म लिन्छन् । बाटो. लामो र जोखिमयुक्त बाटो भएकाले  साथै बाक्लो हिउँ जमेका कारण ३/४ महिनादेखि साइपाल गाँउपालिका–४ र ५ का स्थानीयले खाद्यान्न समेत ढुवानी गर्न सकेका छैनन् । स्थानीयले वर्षभरिका लागि खाद्यान्न ढुवानी गरी सकेको बिक्री गर भन्दा समेत नमान्ने भएकाले पछि तिर्ने गरी पैँचोको लिएर चलाउँदै आएका छन् । आफूहरुमको मासिक तलबभन्दा बढी खर्च हुने गरेको प्रहरीको गुनासो छ । सदरमुकाम चैनपुरमा पर्ने हरेक सामानको मुल्य ४ गुणा देखी ८ गुणा सम्म बढी पर्छ । नेपाल सरकारले दुर्गम भत्ता भनेर थप सेवा दिएको भए पनि यहाँका लागि उक्तसेवा सुविधा प्राप्त नभएको आफुले समेत पाएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले समेत बताए । सदरमुकाम चैनपुरमा १० रुपैयाँमा पाइने सामानको मूल्य सीमा प्रहरी चौकी नजिकका पसलमा ८० रुपैयाँ पर्ने सशष्त्र प्रहरीका प्रहरी नायब उपरLक्षक भुवनराज पन्तले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *