loading...

बझाङमा दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न ,

loading...

सत्यराज सिहँ बझाङ,रामप्रसाद खत्री स्मृती प्रतिष्ठानको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सह प्रायोजनमा दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बझाङ जिल्लाको खप्तड छान्ना गाउंपालिका ४ नेटाकाटिया सम्पन्न उक्त शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्राली, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल प्राली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रालिका चिकित्सकहरुको संयुक्त टोलिले सेवाप्रदान गरेका थिए ।

७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सा तर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखातर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएकोमासो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दांत हालेको, १०८ जनाको दांत निकालेको बताइएको छ ।

सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो । यस राम प्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्यशिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *