loading...

जडीबुटीको भरमा स्वास्थ्य उपचार

loading...

सत्यराज सिहँ बझाङ ,दुर्गम गाउँका स्थानीय जडीबुटीको भरमा स्वास्थ्य उपचार गराउन बाध्य छन । नजिकै स्वास्थ्य संस्था नहुँदा जिल्लाका केही स्थानीयले अहिले पनि जडीबुटीको भरमा स्वास्थ्य उपचार गराउने गरेका हुन । जिल्लाको साइपाल गाउँपालिका–५ न्युनाका स्थानीय अहिले पनि स्वास्थ्य उपचारका लागि जडीबुटीकै भरमा रहेका छन । स्थानीय दुधकलादेवी बोहराले नजिक स्वास्थ्य संस्था नहुँदा निकै समस्या खेप्नुपरेको गुनासो गरिन ।

घरबाट काँडा स्वास्थ्य चौकी पुग्न तीन–चार घण्टाभन्दा बढी लाग्ने तथा नजिकै रहेको बर्थिङ सेन्टरमा पुग्नसमेत एक दिन लाग्ने भएका कारण यहाँका स्थानीयले स्वास्थ्य संस्थामा नगएर जडीबुटीकै भरमा नै उपचार गराउने गरेका हुन । हातमा चोट लागेर इन्फेक्सन भएको एक महिनापछि मात्रै स्वास्थ्य संस्थामा उपचार गराउन आएको बताउदै बोहराले भनिन, ‘यो सामान्य समस्या हो, यसभन्दा ठूलो स्वास्थ्य समस्या भएकासमेत घरमा नै विभिन्न जडीबुटी गरेर उपचार गराउन्छन ।

हातमा सामान्य चोट लागेको भए पनि जडीबुटीको भर पर्दा आफूले निकै सास्ती खेप्नुपरेको उनको भनाइ छ । नजिकै स्वास्थ्य संस्था नहुँदा स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपरेको उनको गुनासो छ ।जंगलको बाटो र एकल व्यक्ति हिड्न नसक्ने र नजिक स्वास्थ्य संस्था नभएका कारण यहाँका स्थानीयले सास्ती खेप्नुपरेको महिला स्वास्थ्य स्वयंसेविका दीपा बोहराले भनिन् । ठूलो दुर्घटना वा ठूलो समस्या आएमा वा मान्छे नै मरण जीवनको दोसाँधमा पर्दा मात्रै स्वास्थ्य संस्थामा जाने गरेको बताइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *