loading...

विप्लव समूहबाट नाम हटाइदिने अनुराेध गर्दै प्रहरी कार्यालयमा निवेदन

loading...

बझाङ ,नेत्र विक्रम चन्द विप्लब समुहमा आबद्ध भएका केही ब्यक्तीहरु आफ्नो नाम हटाई माग्न जिल्ला प्रहरी कार्यालय पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार मात्रै केदार स्यँ गाँउपालिका वडा नम्बर १ रायलका १९ बर्षिया सन्दिप मल्लले आफु विप्लब समुहमा आबद्ध नभएको भन्दै नाम हटाउन निबेदन दिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक नैन बहादुर साँउदले जानकारि दिनु भयो ।

यस्तै दुर्गाथली गाँउपालिका वडा नम्बर ७ बस्ने २८ बर्षिया सन्तोस दौल्यालले समेत आफु नेकपा विप्लब समुहमा नरहेको र आगामी दिनमा समेत नरहने प्रतिबद्धता पत्र सहित जिल्ला प्रहरी कार्यालयमा निबेदन पेश गरेका छन् । शुक्रबार उहाँले जिल्ला प्रहरी कार्यालयमा निबेदन पेश गरे पछि उनिहरुको नाम अभिलेख बाट हटाईएको प्रहरी निरीक्षक नैन बहादुर साँउदले जानकारि दिनु भयो । अहिले सम्म जिल्ला प्रहरी कार्यालयमा नै पुगेर तिन जनाले आफु नेकपा विप्लब समुहमा आबद्ध नरहेका र आगामी दिनहरुमा समेत नरहने भन्दै आफुहरुको नाम हटाई माग्न निबेदन दिएको साँउदले बताए ।

उनिहरुले दिएको निबेदनका आधारमा तिनै जनाको नाम विप्लब समुहको अभिलेख बाट हटाईएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लामा रहेका विप्लब समुहमा आबद्ध हुनेहरु माथि निगरानि बढाएको छ । पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयले जिल्लाको सुरक्षा ब्यावस्था निकै कडा पारेको डिएसपि सुर्य बहादुर केसीले बताए । जिल्लाको शान्ति सरक्षा मजबुद र बलीयो बनाउनका लागि अपराधिक गतिविधी माथी निगरानि राख्न सादा पोषाक र अन्य प्रहरीको समेत ब्यापक परिचालन गरेको डिएसपि केसीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *