loading...

बैतडीमा सरकारी कर्मचारीहरुलाई पोशाक अनिवार्य

loading...

जनक साउँद ,बैतडी-बैतडीमा सरकारी कर्मचारीहरुलाई पोशाक अनिवार्य गरिएको छ । सरकारले सरकारी पोशाक बापतको भत्ता दिएर पनि सरकारी पोशाक नलगाउने प्रवृति मौलाउँदै गएपछि सरकारी पोशाक अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

कार्यालय समयमा सरकारी पोशाक अनिवार्य गरिएको र स्थानीय प्रशासन आफ्नो संयन्त्रबाट अनुगमन समेत गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । सरकारी कर्मचारी चिन्नकै लागि भनेर सरकारले पोशाक व्यवस्था गरेकाले यसले सेवाग्राहीलाई समेत सजिलो हुने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । सरकारले कर्मचारीलाई प्रत्येक बर्ष पोशाक भत्ता बापत अलगै पैसा दिने गरेको छ ।

कर्मचारीले आफ्नो पोशाकमा कार्यालयमा काम गरेमा सेवाग्राहीलाई कर्मचारी चिन्न सहज हुने जिल्ला प्रशासन कार्यालयको विश्वास छ । सरकारी कर्मचारीहरुले सरकारको नियम पालना गर्नुपर्ने र त्यो अन्तर्गत कर्मचारीको पोशाक पनि भएकाले अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको दाबी छ । सरकारी कर्मचारीहरुले दिने सेवालाई प्रभावकारी बनाउनका लागि आफूले पहल गरिरहेको समेत उहाँले बताउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *