loading...

सेनाद्वारा बिद्यालयलाई पुस्तकालय हस्तान्तरण

loading...

जनक साउद–बैतडी, बैतडीस्थित शत्रुमर्दन गुल्मले निर्माण गरेको पुस्तकालय दशरथचन्द मावि सुन्दरखालीलाई हस्तान्तरण गरिएको छ। दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा रहेको उक्त विद्यालयमा सेनाले १ लाख ५० हजार लगानीमा उक्त पुस्तकालय निर्माण सम्पन्न गरेको शत्रुमर्दन गुल्म बैतडीका गुल्मपति,सेनानी प्रेमबहादुर गिरीले जानकारी दिनुभयो । सेनाले निर्माण गरेको पुस्तकालयमा विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक, अन्य आवश्यक पुस्तक पनि राखिएको छ । आइतवार एक औपचारिक कार्यक्रमका साथ उक्त पुस्तकालय विद्यालयलाई हस्तान्तरण समेत गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर चन्दको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट रहनुभएको थियो । कार्यक्रममा बोल्नुहुदै समन्वय समिति प्रमुख भट्टले शिक्षाबिनाको नागरिक अन्धोजस्तै हुने भएकोले हरेक नागरिक शिक्षा आवश्यक रहेको भनाई व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रलाई पनि नगरपालिकाले प्रांथमिकतामा राखेको हुनाले उक्त विद्यालयमा एकजना लाईब्रेरियनको व्यवस्था गरेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताउनुभयो ।

विद्यालयको ज्ञानका साथसाथै बाहिरी ज्ञान पनि आवश्यक रहेकोले पुस्तकालय स्थापनाले विद्यार्थीलाई बाहिरी ज्ञान आर्जन गर्नलाई सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । आधुनिक युग प्रविधिको युग भएकोले प्राविधिक ज्ञान आवश्यक रहेकोमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमख नरेन्द्र अवस्थीको भनाई रहेको छ । नेपाली सेनाले विद्यालयमा पुस्तकालय निर्माणपश्चात विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउने बताउदै उक्त विद्यालयका निमित्त प्रधानाध्यापक जयदेव जोशीले सेनालाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

बैतडीस्थित नेपाली सेनाको शत्रुमर्दन गुल्मले सैनिक र नागरिकको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले पछिल्लो समय सामाजिक कार्य गर्दै आएको छ । सेनाले यसअघि बैतडीको पञ्चेश्वर र सुर्नया गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । यसका साथै बैतडी विभिन्न विद्यालयका विद्यार्थीहरुलाई राष्टिय सेवा दलको तालिम पनि दिदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *