loading...

कृषि क्षेत्रमा खप्तडछान्नाको नयाँ अभ्यास : कृषकलाई आधुनिक हाते ट्याक्टर

loading...

मकरराज धामी बझाङ : खप्तडछान्ना गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले किसानहरूलाई हाते ट्याक्टर वितरण गरेको छ । श्रम र समयको बचत तथा कम जनशक्तिबाट धेरै काम हुने भएपछि कृषकहरु हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट गाउँपालीकाका विभिन्न वडाका १५ जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको हो । गाउँपालीकाले यस आर्थिक वर्षको कृषि आधुनिकरण कार्यक्रम अन्तरगत प्रति ट्याक्टर १ लाख १० हजारका दरले १५ वटा हाते ट्रयाक्टर खरिद गरेको थियो । परम्परागत रूपमा गरिँदै आएको कृषि प्रणालीको विकास गर्ने उद्देश्यले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेको हो ।

बझाङमा कृषि क्षेत्रमा सम्भावना धेरै भए पनि बैदेशिक रोजगारको मोहका कारण कृषिमा लगाव नभए पछि गाउँपालीकाले यन्त्रीकरण मार्फत कृषि क्षेत्रमा युवाको सक्रियता गराउन यस्तो कदम चालेको हो । परम्परागत प्रणालीमा गरिने कृषिलाई अन्त्य गरी कृषिलाई आधुनिक यान्त्रिकीकरण गरी व्यवसायिक कृषि प्रणाली अपनाएर कृषि क्रान्ति गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको गाउँपालीका प्रमुख वर्क रोकायाको भनाइ रहेको छ । उनले भने ‘परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गर्न सकेनौं भने समृद्धि हासिल गर्न सकिदैन । कृषिबाट समृद्धि हासिल गर्न र कृषिलाई निर्वाहमुखी परम्परागत खेती मात्र नभई व्यवसायिक खेती प्रणाली अपनाउनका लागि गाउँपालीकाले ट्याक्टर वितरण गरेको हो ।’ यो कृषि क्षेत्रका लागी बझाङमै नयाँ अभ्यास हो गाउँपालीकाले पहिलो पटकलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषिको क्षेत्रको विकासका लागी निकट भविश्यमै धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोड्याउने कर्न सेलर, बीउ तथा अन्न भण्डारण गर्ने ब्याग लगायतका कृषि उपकरण भित्र्याउने लक्ष्य रहेको उनको भनाई छ ।

हाते ट्याक्टर पाए पछि खप्तडछान्ना गाउँपालीका वडा नं ६ पाटादेवलकी कृष्णा देवी थापा खुसी भएकी छन् । श्रीमान बैदेशिक रोजगारीका लागी घर बाहिर हुँदा उनलाई खेत जोत्ने समयमा समस्या हुन्थ्यो । गहुँ, मकै लगायतका अन्न बाली छर्ने समयमा मानिसहरु खोज्नु पर्ने बाध्यता थियो । उनी भन्छिन ‘अब कुनै चिन्ता छैन । म आफैले काम गर्न सक्छु । खेत जोत्ने समयमा मानिसहरु पाईदैनकि भन्ने चिन्ता हट्यो म खुसी छु ।’ अहिले हाते ट्याक्टर पाए पछि सबै समस्या हटेको उनको भनाई छ । खेत जोत्दा हलो, गोरु, कुटो, कोदालोको प्रयोगले कृषि क्षेत्रमा झुकाव नराख्ने युवाहरु हाते ट्याक्टरको प्रयोग संगै व्यवसायिक कृषिमा लागेको वडा नं ७ का युवा विष्णु जोशीको भनाई छ । उनले भने ‘हलो र गोरुको प्रयोग गरि चार पाँच दिन लगाएर खेत जोत्ने गरेका थियौ । हाते ट्याक्टरको प्रयोगले अहिले एकै दिनमा सकिन्छ ।’ हाते ट्याक्टरको प्रयोगले समयको बचत संगै कम जनशक्तिमा पनि काम गर्न सजिलो भएको छ । हाते ट्याक्टर पाए संगै युवाहरु व्यवसायिक कृषिमा लागेको उनको भनाई छ ।

गाउँपालीकाले कृषिलाई आधुनिक यान्त्रिकीकरण गर्दै व्यवसायिक र बजारीकरण समेत गर्ने लक्ष्य रहेको छ । स्वरोजगारको अवस्था सिर्जना गर्न र युवा हरुलाई कृषि क्षेत्रमा आर्कषित गर्न गाउँपालिकाले नयाँ प्रविधिको सुरुवात गरेको हो । अहिले व्यवसायिक तरकारी खेती र अन्य खेतीको प्रयोजनका लागी हाते ट्याक्टरको प्रयोग हुदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *