loading...

महिला, पुरुष युवा सशक्तिकरण सामुदायिक संस्थाले अबैध तरिकाले गिट्टी बालुवाको कर उठाउदै

loading...

मकरराज धामी  – दुर्गाथलिको झनाना बजारमा  एक संस्थाले अबैध तरिकाले गिट्टी बालुवाको कर उठाउने गरेको छ । साविकको चौधरी गा.वि.स वडा नं ६ मा रहेको महिला पुरुष युवा सशक्तिकरण सामुदायिक संस्थाले अबैध तरिकाले कर उठाउने गरेको छ । संस्थाले छाप नभएको आफ्नै रसिद काटेर अबैध कर उठाउदा समेत गाँउपालिका भने चुपचाप लागेर बसेको छ । वित्थडचिर गाँउपालिकाका निराजन बोहराको से २ त १०४२ नं को ट्याक्टरले जयपृथ्वी नगरपालिका बाट बालुवा संकलनको अनुमति लिई कर तिरेको छ । वित्थडचिर गाउँपालीकाको मन्दीर निमार्णका लागी लैजान लागेको बालुवा भरेको ट्याक्टर बाट जयपृथ्वी नगरपालिकाले कम्प्युटर रसिद मा १०५० कर रकम उठाएको देखिन्छ । नगरपालिकाले १३, १४ र १५ गते सम्मका लागी बालुवा संकलनको लागी कर काटेको छ । तर दुर्गाथलिको झनाना बजारमा रहेको महिला पुरुष युवा सशक्तिकरण सामुदायिक संस्थाका सदस्यहरुले कर नतिरि गए ट्याक्टर जान नदिने भन्दै चालकलाई धम्क्याएर जवरजस्ति रसिद काट्न लगाएको चालक मदन बहादुर बोहराले बताउनु भयो । उनले १३ र १५ गते ५÷५ सय गरि सो संस्थालाई १ हजार कर तिरेको छ । यसरी हेर्दा ट्याक्टर संचालक करको दोहोरो मारमा परेका छन । यस विषयमा दुर्गाथलि गाँउपालिका प्रमुख प्रयागराज जोशी संग कुरा गर्दा यसरी अबैध तरिकाले कर उठाउन नमिल्ने र यदि त्यस्तो पाईएको खण्डमा कारवाहि हुने जनाउनु भयो । कर उठाउन गाँउपालिकाले कुनै संस्थालाई नदिएको बताउदै उहाँले अबैध कर उठाएका विषयमा अध्ययन गरेर कारवाहि गरिने बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *