loading...

बझाङ सदरमुकाम चैनपुरमा खानीपानीको हाहाकार, एक साता देखी खाने पानी नहुँदा समस्या

सेती र बाहुली खोलाको फोहोर पानी पिउदै सदरमुकामवासी

loading...

बझाङ- बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा एक साता देखी खाने पानी नहुँदा समस्या भएको छ । लगातार खानेपानी नआउदा यहाँका स्थानीय बासिन्दा सेती नदी र बाउली खोलाको फोहोर पानी पिउन बाध्य भएका छन् । सदरमुकाम चैनपुर नजीकै रहेको खैरा भन्ने ठाँउमा गोठालोमा जाने केटाकेटीहरु र महिला तथा पुरुषहरुले सदरमुकाम चैनपुर ल्याईएका खानेपानीका पाईपहरु ठाँउ ठाँउ काटि दिएका कारण एक हप्ता देखी खानेपानीको समस्या भएको चैनपुर खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । खानोपनी ल्यानका लागि सबै कर्मचारीहरुलाई खटाईएका ढिलो भए सोमबार विहान सम्म खानेपानी आई पुग्ने बताउनु भयो ।

खानेपानी नहुँदा सौच गर्न, खाना पकाउन, होटल तथा पसलमा समेत निकै समस्या भएको स्थानीय बासिन्दा सुरेश रोकायाले बताउनु भयो । एक साता देखी खानेपानी न हुँदा आफुलाई समेत निकै समस्या भएको स्थानीय बासिन्दा पदम शर्माले बताए । उनले भने खाना पकाउन देखी चर्पि गएको बेला पनी प्रयोग गर्ने पानी छैन । जसका कारण सेती नदी र बाउली खोलाको धमीलो पानी पिउनु पर्ने बाध्यता रहेको उनले बताए । केही स्थानीय ब्यक्तीहरुले नजी खाने पानी ल्याएका कारण अहिले उनिहरुको मा गएर खानेपानि गाली र बचन पाएर खानेपानीको गुजारा चलाएको राजेन्द्र बहादुर खड्काको भनाई छ ।

झण्डै ५ सय भन्दा बढी खानेपानीका धारा वितरण गरिरहेको चैनपुर खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिले धारा धनी बाटै पाइप व्यवस्थापन गर्ने वताए पनि सयौंको संख्यामा पाइपहरु खुला छोडिएकोले एउटाको गाड्दा अर्काे बाहिर निस्किने समस्या रहेको र बैज्ञानिक ढंगले उपभोक्ता स्वयंले यसको व्यवस्थापन गर्न नसक्ने उपभोक्ताहरु बताउछन । सरोकारवालाले नै बेवास्ता गर्नाले पाईप लाईनको हालत यस्तो भएको उपभोत्ताहरुको आरोप छ । सरोकारवालाले पटक पटक केही महीनामा नै खानेपानीका पाईप लाईनहरु ब्यावस्थित गर्ने भने पनी खाली आश्वसन मात्र दिने गरेको स्थानीयको भनाई छ । यस विषयमा जिल्ला खानेपानि, जयपृथ्वी नगरपालीकाले कुनै चाँसो नदेखाएको स्थानीयले आरोप लगाएका छन्् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *