loading...

नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौता आज हस्ताक्षर हुँदै

loading...

नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौता आज हस्ताक्षर हुँदैछ । सम्झौतासँग आजैदेखि औपचारिक कार्यान्वयनमा आउने भएको छ । सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा आज हस्ताक्षर हुनेछ । प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म हुनेछ । राष्ट्रपति भण्डारीले आज बिहान बेइजिङको केन्द्रभागमा रहेको थ्येनआनमन स्क्वायरस्थित सहिद स्मारक स्तम्भमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । आजै दिउँसो चिनियाँ समकक्षी सीसँग द्विपक्षीय वार्ताको कार्यक्रम छ । त्यही अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले चीन–नेपाल यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने कार्यक्रम छ । द्विपक्षीय वार्तामा पारस्परिक महत्त्वका साथै नेपालको चौतर्फी विकासका पक्षमा थप सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । चोरी–निकासी नियन्त्रण, गुणस्तर कामय गर्ने, सूचना आदानप्रदान, सीमा भन्सार व्यवस्थित गर्नेजस्ता विषयमा केही सहमति र छलफल हुने छ । गणतन्त्र स्थापनाको दशकपछि नेपाली राष्ट्रपतिको राजकीय चीन भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्षसँग द्विपक्षीय औपचारिक वार्ता पनि भएको छ ।आजै साँझ चिनियाँ कम्युनिस्ट पार्टी अनुशासन आयोगका प्रमुख चाउ लचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटपछि चाउले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजित रात्रिभोज कार्यक्रम राख्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *