loading...

बैतडीमा बिद्यार्थी भर्ना अभियानमा जनप्रतिनिधिहरुको सहभागीता

loading...

जनक साउँद–बैतडी “हाम्रो नगर हाम्रो गाउ, सम्पुर्ण बालबालिकालाई बिद्यालय पु¥याऔ” भन्ने नाराका साथ देशब्यापी रुपमा सुरु भएको बिद्यालय भर्ना अभियान बैतडीमा पनी जारी रहको छ । बिद्यालय उमेर समुहका कोही पनी बालबालिकाहरु शिक्षाबाट बन्चित नहुनु भनेर सुरु गरिएको बिद्यालय भर्ना अभियानमा बैतडीका बिभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुको पनी सक्रियता देखिएको छ ।

चार नगरपालिका र छ गाउपालिका गरी दशवटा स्थानिय तह रहेको बैतडीमा जनप्रनिधिहरुले उक्त अभियान अन्र्तगत घरदैलौ अभियान नै सञ्चालन गरेका छन । बैशाख १५ गते सम्म कक्षा एकदेखि दश सम्मको भर्ना कार्यक्रम सम्पन्न भएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख नरेन्द्र प्रसाद अबस्थीले बताए । अहिले बिद्यालय उमेर समुहका बालबालिकाहरुको खोजीको लागी घरदैलो अभियानलाई तिब्रता दिएको उहाको भनाई छ ।

जनप्रतिनिधिसगै बिद्यालयहरुले पनी घरदैलो अभियानलाई तिब्रता दिएको जनाएका छन । बैतडीको दोगडाकेदार गाउपालिका बार्ड नम्बर ५ न्वालीमा रहेको न्वाली माध्यमिक बिद्यालय दोलीले घर दैलौ अभियान सम्पन्न गरिसकेको बिद्यालयले जनाएको छ । घर दैलो अभियानबाट उक्त बिद्यालयमा ४४ जना नया बिद्यार्थी भर्ना भएको बिद्यालयले जनाएको छ । यस्तै आफु पनी बिद्यालय भर्ना अभियानको लागी तयारीमा रहेको सुर्नया गाउपालिकाका अध्यक्ष बिर बहादुर बिष्टले बताए । बिद्यालय भर्ना अभियानमा बैतडीका जनप्रतिनिधिहरुको निकै सक्रियता देखिएको छ ।

नयाँ शैक्षिक शत्रको लागी जिल्लाका सम्पुर्ण बिद्यालयहरुमा आबश्यक पाठ्यपुस्तक पनी पुगी सकको शिक्षा बिकास तथा समन्वय ईकाई बैतडीले जनाएको छ । जिल्लाका सम्पुर्ण बिद्यालयहरुमा पाठ्यपुस्त पुगी सकको बताउदै ईकाई प्रमुख अबस्थीले जिल्लामा पाठ्यपुस्तक अभाव नभएको बताए । यदि कुनै बिद्यालयमा पाठ्यपुस्तक अभाव भएको जानकारी आएमा त्यही अनुसार पाठ्यपुस्तक उपलब्ध गराउने उहाको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *