loading...

वित्थडचिर गाउँपालीकामा लोक सेवाको तयारी कक्षा सुरु

loading...

मकरराज धामी बझाङ – बझाङको वित्थडचिर गाउँपालीकामा मंगलवार देखि लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सुरु भएको छ । सुदुरपश्चिम प्रदेश अन्र्तगत सामाजिक विकास मन्त्रालय र वित्थडचिर गाउँपालीकाको आर्थिक सहयोगमा लोकृति टेक्नीकल एकेडेमी धनगडीले कक्षा संचालन गरेको छ । गाउँपालिकाले पहिलो पटक निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको हो । महिला, दलीत, आर्थिक विपन्न र युवाहरुलाई लक्षित गरि खरिदार तथा नायब सुब्वाका लागि आयोगको कक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । तीन महिना सम्म संचालन हुने आयोगका तयारी कक्षामा खरिदार र नायव सुब्बाको पाठ्यक्रमा आधारित तयारी कक्षा सुरु भएको गाउँपालीकाका प्रवक्ता हर्क धामीले जानकारी दिनु भएको छ । मंगलवार एक कार्यक्रमका विच गाउँपालीका प्रमुख प्रेम बोहराको प्रमुख आतिथ्यमा लोकसेवा आयोगको निःशुल्क तयारी कक्षाको उद्घाटन भएको हो । लोकृति टेक्नीकल एकेडेमी धनगडीका संचालक लोकेन्द्र बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालीका प्रमुख बोहराले लक्षित वर्गलाई लोकसेवा आयोगमा पहुँच अभिबृद्धि गर्न तयारी कक्षा सुरु गरिएको बताउँदै राम्ररी अध्ययन गर्न आव्हान गर्नुभएको छ । कार्यक्रममा ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *