loading...

सवारी दुर्घटना तथा न्युनिकरण सम्वन्धि १ दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न

loading...

सत्यराज सिहँ बझाङ – ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत आज बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका वडा नं. ९ सिमखेत बसपार्कमा ट्राफिक नियम सडक सभ्यता अभिवृद्धि, सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि अस्थायी प्रहरी पोष्ट सिमखेतको आयोजना तथा एन .आई. सी एसिया बैङ्कको सौजन्यतामा बझाङ जिल्लामा संचालनमा रहेका यातायात व्यवसायी समितिका पदाधिकारीहरु, चालक, सहचालक तथा पत्रकार र यात्रुहरु विच १ दिने जनचेतनामुलक कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक कमल प्रशाद चौधरिले भने पछिल्लो समय दुर्घटना बढ्दै गएकाले अब यसलाइ न्युनिकरण गर्न कोहि कसैले विना लाईसेन्स गाडी चलाएको भेटाए , जथाभावी अनावश्यक रुपमा यात्रुहरुलाई दुख दिने काम नगर्न र यदि गरेको भेट्टाएमा आवश्यक काबार्ही हुने बताउनु भयो ।

यातायात दुर्घटना न्युनिकरणका विषयमा बोल्दै प्रहरी खेम बहादुर खत्रीले भने, तपाई हामी यात्रुहरु देखि लिएर ड्राइभरहरुले पनि सचेत हुन जरुरी रहेको भन्दै,बर्षायाममा सडक सञ्जाल अप्ठ्यारो तथा ग्रामीण सडक खण्डमा सवारी साधनहरु चिप्लने , हिलोमा फस्ने भएकाले त्यसलाइ मध्यनजर गरि चलाउन पनि आग्रह गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *