loading...

बझाङमा तिस शैयाको अस्पतालको भवन निर्माण हुदै

loading...

रमेश के सी बझाङ-बझाङ जिल्लाको जयपृ्थ्वी नगरपालिका ९ सिमखेतमा जिल्ला अस्पतालको भवन निर्माण हुने भएको छ । बझाङ जिल्ला अस्पताल सिमखेतमा बन्न लागेको भवन निर्माणको काम संघिय आयोजना कार्यन्वयन ईकाइ धनगडिकोे आर्थिक सहयोगमा २३ करोड ८१ लाख लागतमा निर्माण हुन लागेको हो ।

जिल्ला अस्पताल सिमखेतमा २०४८ सालमा निर्माण गरिएको पुरानो १५ शैयाको भवन भएको हुदा विरामीहरुलाई उपचार गर्न समेत समस्या पर्दै आएको र हाल जनसंङ्ख्या वृद्घि भए संगै उपचार गर्न आउने विरामीहरुको संङ्ख्या समेत बढेकाले ३० शैयाको भवन निर्माण हुन लागेको र निर्माण भए पछि बझाङ जिल्लाका अन्य स्वास्थ्य संस्था बाट रिफर गरिएका विरामी तथा कुरुवाहरुलाइ समेत सजिलो हुने स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताउनु भयो ।

उनले भने त्यहि अनुसार डाक्टरको दरबन्दी नर्स तथा आवश्यक उपकरणहरु समेत थपिने जानकारि दिनु भएको छ । भवन निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी तथा विकोइ विल्डस जाग्रिर्ति जेभि प्रर्तिनिधि धर्मराज कोइरालाले भने निर्माणको काम समयमै सम्पन्न गर्नका लागि छिटो छरित्तो काम भैरहेको र भवन अपाङ्गता मैत्री समेत रहेको बताउनु भयो । र सम्झौतामा भएको समय भित्रै काम सम्पन्न गरि जिल्ला अस्पताल लाई हस्तान्तरण गरिने बताउनु भएको छ । त्यस्तै बझाङ जिल्लाका अन्य स्थानीय तहमा पनि स्वास्थ्य संस्थाका भवनहरु निर्माण हुन थालेका छन । रासस साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *